© 2026
जितपुर, २२ मंसिर ।
१५औँ कपिलवस्तु महोत्सवअन्तर्गत विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा हिलवर्ट इङ्लिश बोर्डिङ स्कुल (वडा नं. २, पिपरा) र ज्ञानपुञ्ज इङ्लिश बोर्डिङ स्कुल (वडा नं. २, राजपुर)ले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः सिनियर र जुनियर समूहमा प्रथम स्थान हासिल गरेका छन्।
सिनियरतर्फ हिलवर्टले ८६.५ अंक प्राप्त गरी शीर्ष स्थान हासिल गरेको हो भने ८५.५ अंकका साथ होराइजन आवासीय मावि, सिद्धिपुर दोस्रो स्थानमा रह्यो। ८३.५ अंकसहित ज्ञानपुञ्ज तेस्रो स्थानमा पुग्दा बालमावि, वैरियाले ८२ अंक प्राप्त गर्दै प्रोत्साहन स्थानमा चित्त बुझायो।
जुनियर समूहको प्रतिस्पर्धामा ज्ञानपुञ्जले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा आफूलाई स्थापित गरायो। यस समूहमा हिलवर्ट दोस्रो स्थानमा रह्यो भने बाणगंगा मावि तेस्रो र सिटी मण्टेश्वरी सान्त्वना स्थानमा रहे।
प्रतियोगिताको संयोजक बासुदेव घिमिरेका अनुसार कडा प्रतिस्पर्धाका कारण निर्णय लिन निकै कठिनाइ भएको थियो। सहभागी विद्यालयहरूले देखाएको मेहनतको सबैले प्रशंसा गरे।
विजेताहरुलाई महोत्सवको समापन समारोहमा सम्मानित गरिनेछ। संयोजक घिमिरेले १५औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक रूपमा सफल बनाउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता महत्त्वपूर्ण भएको बताएका छन्। साथै, उनले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने कपिलवस्तु उद्योग वाणिज्य संघप्रति आभार व्यक्त गरे।