Butwal Today

मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

२२ मंसिर २०८१, शनिबार
अ+
अ-

जितपुर, २२ मंसिर ।

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कपिलवस्तुमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट, दुपचेश्वर गाउँपालिका–७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका–९ स्थित लिङ्गेटबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी प्रवक्ता निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङले काठमाडौंबाट एक व्यक्तिलाई झुक्याएर भारत लैजाने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

तामाङलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।