ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

सांस्कृतिक महासंघमा विवाद चुलियो, सभापति थापा एकलौटी चलेको आरोप

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

काठमाडौं ।

नेपाली कांग्रेसको शुभेच्छुक नेपाल सांस्कृतिक महासंघमा विवाद चुलिएको छ। कांग्रेसले २०७३ सालमा नेपाल सांस्कृतिक संघमा अध्यक्षमा तीर्थ थापासहित पाँच जना पदाधिकारीसहितको समिति ल्याएको थियो।

२०७५ सालमा केन्द्रीय समिति गठन गरी स्थापना भएको संघले २०८० मा महासंघको रुप लिएको थियो। त्यसपछि पार्टीले पाँच जनाको समितिलाई मान्यता दिँदै महासंघ घोषणा गरेको थियो।

त्यसपछि महासंघमा केन्द्रीय अध्यक्ष तीर्थ थापा र महामन्त्री शिबशंकर रिजाल (जोगिन्दर)को समूहले एकलौटी केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै महासंघभित्र असन्तुष्टि बढेको हो। असन्तुष्ट वरिष्ठ उपाध्यक्ष,दुई जना महामन्त्रीसहित तीन जनाको समूहले अध्यक्षको कार्यशैलीविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई ध्यानाकर्षणसहितको उजुरी पार्टी कार्यालयमा दर्ता भएको बताइएको छ। उजुरीमाथि सुनुवाइ नहुँदै अध्यक्ष थापा र महामन्त्री रिजालले विराटनगरमा आयोजना हुनेगरी मंसिर २४ र २५ मा विभिन्न तहका अध्यक्षसहितको केन्द्रीय समिति भेला आह्वान गरेसँगै विवाद थप छताछुल्ल भएको छ। अध्यक्षकै निर्णयविरुद्ध उपाध्यक्षसहित तीन जनाको समूहले बैठकमा सहभागी नहुन आग्र गर्दै प्रेस विज्ञप्ति आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?