ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

प्रथम मगर साहित्य महोत्सव : उपसभामुख राना र पूर्व सभामुख घर्तीले एकै ठाउँमा बहस गर्ने

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

बुटवल ।

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व सभामुख आोनसरी घर्ती तथा चर्चित नायिक मिरुना मगर लगायतका प्यानलिष्टहरुले बहस गर्ने कार्यक्रम रहेको छ ।

उपसभामुख इन्दिरा रानाले प्रेरणा सेवा सम्वाद अन्तरगत उत्थान अभियानदेखि उपसभामुखसम्म आफ्ना यात्राहरु बारेका अनुभवा सुनाउने छिन् भने पूर्व सभामुख ओनसरी घर्ती मगरले महिला, राजनीति र नेतृत्व बारे बहस गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।

पूर्व सभामखु घर्तीले अध्यक्षता गर्ने प्यानल बहसमा नेपाल मगर संघकी सहअध्यक्ष गंगा खासु, डा. वर्षा थापा मगर, अध्यता गंगा पुन मगर र बगनाशकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले महिला महिला नेतृत्व बारे बस गर्ने छन् । उक्त बहसको सहजिकरण पत्रकार दिपा आले मगरले गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा मगर संघको नेतृत्व बारे पनि बहस हुने व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् ।

नेपाल मगर संघका संस्थापक सुरेश आले मगर, मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर र अध्येता संजोग लाफा मगरलाई एकै ठाउँमा राखेर मगरको इतिहास, वर्तमान र भविष्यका बारेमा छलफल हुने महोत्सव व्यवस्थापन संयोजक तरामुले जानकारी दिइन् । चर्चित नायिका मिरुना मगरसहित कला निर्देशक तथा अनुसन्धानकर्ता सुजना श्रीस, चलचित्र निर्देशक तथा लेखक अशोक थापा र चलचित्र निर्देशक अनिल बुढा मगरले कलाले देश चिन्दै र चिनाउँदै भन्ने शिर्षकमा बहस गर्ने कार्यक्रम रहेको महोत्सव प्रचार समिति संयोजक यम रानाले जानकारी दिए ।

महोत्सवमा साहित्य, धर्म र सँस्कृति, मगर पनुःजागणको युग लगायतका विषयमा समेत प्यानल बहस रहने रानाले जानकारी दिए । मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् ।

महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?