Butwal Today

पत्रकार महासंघमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता

२१ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिएको छ।

यही मंसिर २८ गते मतदान हुने तय भएको महासंघको नयाँ नेतृत्व चयन गरिने निर्वाचनका लागि आज मनो नयन पत्र दर्ता गरिएको हो।

उम्मेदवारको अन्तिम नामावली भोली शनिबार बिहान ११ बजे प्रकाशित हुने महासंघले जनाएको छ। मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने र सोही दिन मतगणना हुने समेत महासंघले जनाएको छ।

सदस्यता विवादका कारण महासंघको महाधिवेशन पटक पटक स्थगित हुदै आएको थियो।