ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नदि नतर्ने पुल

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

पाल्पा, २१ मंसिर ।
दुई वटा प्रदेशलाई जोड्ने मात्र होइन चिन भारतलाई व्यापारिक सडक । तर त्यही सडकका नदि माथि बन्दै गरेका केही पुल १३ वर्षदेखि नदि तर्न सकेको छैन । त्यही पुलको म्याद थप गर्नमा ठिक्क छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई जोडने काली गण्डकी नदीमा मोटरेवल पुल निर्माण कार्य पुरा भइ सक्ने समयमा म्याद थप गर्दै कछुवाकोे गतिमा निर्माण कार्य अगाडि बढेको छ । यस्ता ठूला लगानीमा काली गण्डकी नदी माथि निर्माण गर्न लागिएको मोटरेवल पुलले आवत जावतका लागि मात्र नभई व्यापार व्यवसायमा समेत थप टेवा पुराउने उद्देश्यले निर्माण कार्यरम्भ भएको थियो । नियमन निकायले पर्याप्त बजेट नहुँदा निर्माणको जिम्मेबारी पाएका निर्माण व्यवसायीले रनिड्ड विलका आधारमा पाउनु पर्ने भुक्तानी नपाउँदा काममा अवरोध भएको जनाएको छ ।

रामपुर नगरको वडा नम्वर ६ दखि स्याड्डजाको चापाकोट नगरपालिका दामाचौर जोड्ने मोटरेवल पुल ३ वर्षमा निर्माण कार्य पुरा गर्ने गरी २०६८ सालको असार २६ गते भ्याट बाहेक १५ करोड ६८लाख १३ हजार रूपैयाँमा १ सय ८१. ६९ मिटर लम्वाईका लागि इलाइट एस जेवि कपन काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । सडक डिभिजन पाल्पाको रेखदेखमा निर्माण कार्यारम्भभएको यस पुल वेल फाउण्डेशन गर्दा १५ मिटर गहिराईमा पुग्नु पर्नेमा ५ मिटर तल पुग्दा कडा चट्टान भेटिए पछि निर्माण कार्यले पुन डिजाइनको माग गरेको र पुन नाप जाप डिजाइन गर्दा निर्माण कार्यमा ढिलाई भएको सुचना अधिकारी दुर्गा गौतम बताउँछन् । १३ वर्षको अवधिमा ४ पटक म्याद थप गर्दा भौतिक प्रगतीमा ७० प्रतिशत मात्र भएको उनले बताए ।

स्याड्डजा, पाल्पा जोडने मोटरेवल पुलको सख्या धेरै छन् । दामाचौर रामपुर जोडने पुल बाहेक सबै पुल पोखराको पुल सेक्टर आयोजना द्वारा संचालन भएका हुन् । यहाँ निर्माणका क्रममा रहेका सबै पुल म्याद थपको मात्र काम भएको डिभिजन सडक कार्यालयका प्राविधिकहरू बताउँछन् ।

स्याड्डजाको चापाकोट नगरको १० र रामपुर नगरको १० नम्बर वडा लाई जोड्ने पुल २ वर्षमा निर्माण कार्य पुरा गर्ने गरी २८ करोड ३७ लाख २ सय लागतमा २० मिटर लम्बाईको पुल २०७४ सालको मंसिर २२ गते ठेक्का संझौता भए पनि हाल सम्म भौतिक प्रगती पचास प्रतिशत मात्र पुरा भएकोआयोजनाले जनाएको छ । एम एस सपना महादेव खिम्ती हिरा जे.भी ले निर्माणको अख्तियारी प्राप्त गरेको निर्माण कम्पनीले बिभिन्न वहाना बनाएर काम नगर्ने म्याद थप गर्ने काम मात्र गरेको स्थानिय विष्णु कार्की बताउँछन् । पुल निर्माणमा ढिलाई हुँदा आवतजावत गर्ने समेत कठिनाई भएको स्थानीयहरू बताउँछन् ।

निर्माण कम्पनीलाई नियमन तथा अनुगमन गर्ने निकायले आफनो जिम्बेबारी पुरा नगर्ने, सरकारले निर्माण कम्पनीलाई भुक्तानी गर्ने रकम समयमा भुक्तानी गर्न नसक्दा पनि निर्माण कार्यले गति लिन नसकेको निर्माण व्यवसायी संघका अध्यक्ष दामोदर गैरे बताउँछन् । स्याड्डजा पाल्पा जोड्ने होस्तीमा ३ वर्षमा निर्माण कार्य पुरा गर्ने गरी ३० करोड ३० लाख ८ हजारमा २०७९ सालको कार्तिक २३ गते सपना निर्माण सेवाले ठक्का संझौता गरेको निर्माण कम्पनीले हाल सम्म ४० प्रतिशत भौतिक प्रगती गरेको प्राविधिकहरू बताउँछन् ।

२ वर्षमा पुरा गर्ने गरी ठेक्का संझौता गरेको पुल निर्माण कार्य पुरा गरी सक्नु पर्ने समय भए पनि हाल सम्म १० प्रतिशत मात्र भौतिक प्रगती भएको स्थानीयहरू बताउँछन् । जनताका लागि आवश्यकता भन्दा पनि दलका नेतका पहुँचका आधारमा निर्माणका योजना बनाएका कारण ठुला धन रासी खर्चिने यस्ता पुल लामो समय देखि अलपत्र अवश्थामा रहन पुगेका सम्बद्ध प्राविधिकहरू बताउँछन् ।

चिन र भारतलाई व्यापार पारवहनको माध्यम बाट कम दुरीमा जोड्ने सिद्धार्थ राजमार्ग खण्डको पाल्पा स्याड्डजा राम्दी पुलको मुलुककै नमुना पुल हो । थाइल्याडका डिजाइनरले डिजाइन गरेको पुल पनि हो । २०२८ सालमा किर्ती नीधि विष्टले सिलन्यास गरेको २७ मिटर लम्बाई भएको पुल जिर्ण हुदै गएपछि नया स्वरूपमा डिजाइन गरको पुल हो । २०८० असार ३० गते ३ वर्षमा निर्माण कार्य पुरा गरी नेपालको पहिलो पुल २७ करोड ७१ लाख ९ हजार ६ सय रूपैयामा हिम शिखर सगरमाथा प्रा.ली चितवनले ठेक्का सम्झौता गरेपनि १ सय २० मिटर लम्बाईको पुल ठेक्का सम्झौता गरेको एक वर्ष पछि बल्ल निर्माण कार्यारम्भ गरेको पुलको क्षमता ४० मेट्रिक टन भएपनि भौतिक प्रगती सन्तोष जनक नभएको आयोजनाका प्राविधिकहरू बताउछन् । पुल सेक्टर आयोजनाका प्रमुख ज्ञानेन्द्र कलौनी निर्माण कम्पनीलाई रनिड्ड बिलकोआधारमा समयमा भुक्तानी गर्न नसक्दा पनि निर्माण कार्यले गति लिन नसकेको बताउछन् । योजना धेरै श्रोत सुनिश्चितता हुन नसक्दा निर्माण कम्पनीलाई ताकेता गर्न सकिएन । यस आर्थिक वर्षमा २३ वटा पुलको ३८ करोड रूपैया भुक्तानी गर्न बाकी रहेको उनले बताए । रकम भुक्तानी नभएका कारण म्याद थप गर्नु बाहेक अन्य कुनै बिकल्प नभएको प्राविधीकहरू बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?