ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

समय घर्केपछिको औचित्यहीन चिन्ता

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

विदेशका विभिन्न कलेजमा नेपाली विद्यार्थी अध्ययनका लागि भन्दै दुई महिनाको अवधिमा २८ अर्ब रुपियाँ बाहिरिएको छ । नेपाली पैसा यसरी नै बिदेश पलायन हुनु अत्यन्त दुःखको कुरा हो । यो भन्दा अर्को दुःखको कुरा के छ भने अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थी उतै स्थायी बसोबास गरि बस्न थालेका छन् । यसले नेपाली पैसामात्रै बिदेसिएको छैन, नेपालको श्रम र दक्ष जनशक्ति समेत बाहिर पलायन भैरहेको छ । अहिले पढ्न गएका धेरै युवा स्वदेश फर्कंदैनन्, यसले देशलाई कति घाटा होला ? यसको आँकलन कमैले मात्र गरेका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, जर्मन, बेलायत जस्ता देशमा नेपाली विद्यार्थी युवा युवतीको संख्या अधिक छ । विदेशमा अध्ययनका लागि भनेर गएका उनीहरूलाई पछि स्वदेशमा ल्याउने र सीप अनुसारको काम दिने सरकारको कुनै योजना छैन् । बरु विदेशी मुलुकसँग श्रम सम्झौता गरेर बाँकी रहेका कम शिक्षित युवालाई पनि विदेश नै पठाउने सोच नेपाल सरकारले राख्दै आएको छ । यसले कालान्तरमा नेपाल युवाविहिनमात्रै होइन, नेपालको जनसंख्यामा पनि भारी असर पर्ने देखिएको छ । पछिल्लो समय अध्ययनका लागि बाहिर जाने युवाको संख्याले भविष्यमा यहाँ दक्ष जनशक्तिको अभाव हुने जोखिम देखाएको छ । नेपाल सरकार र नेताहरूले बल्ल नेपाली युवा विदेश पलायन भैरहेकोमा चिन्ता प्रकट गर्न थालेका छन । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लोसमय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेशिने समस्या डरलाग्दो रूपमा देखिएको भन्दै चिन्ता प्रकट गरेका छन् । कांग्रेस सभापति देउवा पाँचपटक देशको प्रधानमन्त्री भए । पाँचपटक प्रधानमन्त्री हुँदा युवा जनशक्ति देशमै वस्ने अवस्था किन सिर्जना गर्न सकेनन् ? नेपाली युवालाई विदेश जानु नपर्ने अवस्था किन बनाउन सकेनन ? उनले जवाफ दिनुपर्दछ । समय घर्केपछि चिन्ता ब्यक्त गर्नुको कुनै औचित्य छैन् । अहिले युवा विदेश पलायनको असर देखापर्न थालीसकेको छ । मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । यसबाट नेपाली विद्यार्थी विदेश पलायनमात्रै होइन, विद्यार्थीकै कारण भएको रोजगारी सिर्जनाको आधार पनि अव गुम्ने अवस्था उत्पन्न भएको छ । देउवा र डा. भट्टराईले नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्य मुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताए । देउवा र डा. भट्टराईले यो कुरा ३० बर्ष अगाडी सोचेको भए र त्यसै अनुसार विद्यार्थी नेपालमै बस्ने वातावरण सिर्जना गरिएको भए यो अवस्था आउने थिएन । हिन्दीमा उखान छ– आगे सोचे सोचेनाई पिछे सोचे होेतेनाई चरितार्थ भएको छ । विद्यार्थी सबै विदेश पलायन हुन बाध्य बनाएर मुलुकलाई टाट पल्टाउने अवस्थामा पु¥याएपछि अव सोँच्नुको अर्को विकल्प छैन् । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्नुपर्ने थियो । त्यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समय अनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक थियो । देउवा र डा. भट्टराई सरकारले यो बिषयमा बहस र छलफल समेत गर्न भ्याएन । अहिले चिन्ता व्यक्त गर्नुको औचित्य के ? समयले पर्खिदैन् । तसर्थ जुन कामपनि समय अगावै गर्नुपर्दछ । अनिमात्र त्यसको सान्दर्भिकता बल्ल रहन्छ । मुलुक धेरै अगाडी बढिसकेको छ । अव विदेश पलायनको अर्को विकल्प युवाहरूले देख्नै छाडिसके । नेपालमा केही छैन, केही गर्न सकिदैन भन्ने मानसिकता विकास भएको छ । सरकारले समेत त्यस्तै वातावरण बनाएको छ । युवा पुस्ता देशमा किन बस्न चाहेनन् भन्ने विषयमा सरकारले सोच्न ढिला भइसक्यो । भोलि युवाविहीन देश बन्यो भने अवस्था के होला ? अब सरकारले सोच्न ढिलाई नगरोस् । अझैपनि विद्यार्थी रोक्न सकिन्छ भने सरकार अव ढिलाई नगर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?