Butwal Today

भैरहवामा एक महिनामा ५ हजार यात्रु, जजिरा एयरवेजको प्रमुख सेवा

२० मंसिर २०८१, बिहीबार
अ+
अ-

भैरहवा ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार यात्रुले आवतजावत गरेका छन् ।

विमानस्थलले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर ३ ९कार्तिक १८० देखि डिसेम्बर ३ ९मङ्सिर १८० सम्म ४ हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय गन्तव्यको सेवा लिएका छन् ।

एक महिनामा भैरहवाबाट २ हजार २३८ यात्रु उडेका छन् भने २ हजार ५३३ यात्रु अवतरण गरेका छन् । भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

एक महिनाको अवधिमा धेरै यात्रु बोक्ने जजिरा एयरवेज बनेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ ।

दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले १ हजार १ सय ३२ यात्रुलाई सेवा दिएको छ । थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको तथ्याङ्क छ ।