रूपन्देही ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पान्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट सबै प्रक्रिया पूरा गरि श्रमिक पठाउनु पर्ने बताएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालनका बिसयमा भएको सरोकारवाला निकायसंगको अन्तर्कृया कार्यक्रममा बोल्दै मन्त्री पान्डेले श्रमिक पठाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल धेरै राम्रो र सम्भावना भएको बताउंदै के गर्दा काठमाडौ जानै नपर्ने हो त्यसको खोजी गरि यही बिमानस्थलबाट ठूलो मात्रामा श्रमिक पठाउन सकिने बताएका हुन् ।
पर्यटकलाई के के गर्दा काठमाडौं जानै नपर्ने हो त्यो काम पुरा गर्नका लागि मन्त्रालय तयार रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल धेरै सम्भावना बोकेको बिमानस्थल हो पश्चिम देखि पूर्वका सबै तराइका जनताले पूर्णरुपमा लाभ लिन सक्ने हुंदा यो बिमानस्थललाई दिगोरुपमा चलाउनु पर्ने उनको भनाइ थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले श्रमिकका समस्या समाधान गर्न अंतरकृयाको आयोजना गरिएको बताउंदै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल श्रमिककालागि धेरै सम्भावना भएको बिमानस्थल भएको बताए ।
वैदेशिक रोजगारमा जाने श्रमिक आउने हामिले धेरै सम्भावना गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा देख्यौं गल्फ देश जाने , श्रमिकको निम्ति यो बिमानस्थलले सम्भावना देखायो । मन्त्री भण्डारीले भने सबै प्रक्रिया पूरा गर्नका लागि श्रम मन्त्रालय तयार छ ।
वैदेशिक रोजगार जान अहिलेको ब्यबस्थाले एउटा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भएकाले अब गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल पनि बनाउनुपर्ने बताए । सबै त्यहीँ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा थुप्रिए । सबै पूर्बाधार भएकाले हो अब हामी सबै पूर्वाधार्को ब्यबस्था भैरहवामा गर्दैछौं ।
“श्रमको एउटा प्रदेशमा एउटा शाखा खोल्न पाउने ब्यबस्था हो । हामीले अब प्रत्येक जिल्लामा खोल्न सकिन्छ भनेर लागेका छौं । लुम्बिनी भन्दा पश्चिमका सबै श्रमिकको तार्गेट भनेको भैरहवा हो ।” मन्त्री भण्डारीले भने ।
“वैदेशिक रोजगार बिभागको प्रत्येक प्रदेशमा अफिस खोल्ने गरि लागेका छौं । यहाँ आएर जान उपयुक्त बाताबरण तयार हुन पर्छ । श्रमिक यो बिमानस्थलबाट सहुलियत रुपमा जान पाउनुपर्छ । समस्याको समाधान गर्ने हिसाबले लागेका छौं । निर्णय लागू आजको भोलि गर्ने होइन हामी तयारीमा छौं ।” मन्त्री भण्डारीले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सन्तोष कुमार पान्डेय, लुम्बिनी प्रदेश सभा सदस्य केके बानियां, सिद्धार्थ होटेल एसोसिएसन(सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी), नेपाल च्याम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क प्रसाद पोख्रेल, सिद्धार्थ सन्जाल रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, नेपाल एसोसिएसन टुर ट्राभल्स लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापा, सानका वरिष्ठ उपाध्यक्ष भोज खत्री, पर्यटन ब्यबासायी सन्जय बजिमय, पर्यटन ब्याबसायी सागर अधिकारी, मेन पावर ब्याबसायी राजेन्द्र भण्डारी, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रताब बाबू तिवारी लगायतले भनाइ राखेका थिए ।