ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

लामिछानेलाई चितवनबाट पोखरा लैजाने, सहकारी रकम अपचलन मुद्दामा बयान

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

चितवन ।

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनमा बयान लिने कार्य सकिएको छ ।

चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो । पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो । दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको स्रोतले जानकारी दिएको छ । उनको लिखित बयान करिब ४२ पृष्ठको छ ।

लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यसबीच हिजो राति ८ बजेसम्ममा चितवनमा बयान लिने काम सकिएपछि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको छ । लामिछानेलाई राति जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने भनिए पनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै आइतबार म्याद थप गर्नु पर्ने भएकाले पोखरा पुर्‍याइएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।

लामिछानेलाई चितवन ल्याएपछि रास्वपाले हिजो भरतपुरमा प्रदर्शन गरेको थियो । दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ विभिन्न व्यक्ति घाइते भएका थिए ।

यसबीच लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी सहित १४ जनालाई पक्राउ अनुमति दिएको पर्सा प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिनु भयो।

लामिछाने प्रबन्ध निर्देशक रहेका वेला उक्त सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?