ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

दक्षिण कोरियामा महाभियोग प्रस्ताव, मार्शल ल फिर्ता

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले रक्षामन्त्री किम योङले दिएको राजीनामा स्वीकृत गर्नु भएको छ । साथै उहाँले साउदी अरबका लागि राजदूत रहेका आर्मीका पूर्व जनरल चोइ ब्युङ ह्युकलाई देशको नयाँ रक्षामन्त्रीमा नियुक्त गर्नु भएको छ ।

यसैबीच दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योनहापले निवर्तमान रक्षामन्त्री किमले नै राष्ट्रपति यूनलाई मंगलबार राति देशमा ‘मार्शल ल’ घोषणा गर्न सुझाव दिएको जनाएको छ । बिहीबार संसद्‌को राष्ट्रिय सुरक्षा समिति समक्ष बयान दिंदै उपरक्षामन्त्री किम सियोन होले निवर्तमान रक्षामन्त्री किम योङले सेनालाई संसद् भवनमा परिचालित हुन र सांसदहरूलाई संसद् भवनभित्र प्रवेश गर्नबाट रोक्न आदेश दिनु भएको बताएको योनहापले उल्लेख गरेको छ ।

राष्ट्रपति यूनले मंगलबार राति घोषणा गरेको मार्शल ल ६ घण्टा पनि टिक्न सकेको थिएन् । संसद्ले राति नै आपत्‌कालीन बैठक बस्दै उक्त मार्शल ललाई अमान्य घोषणा गरेपछि यून आफ्नो पूर्व घोषणा फिर्ता लिन बाध्य हुनु भएको थियो । संसदीय समिति समक्ष दिएको बयानमा उपरक्षामन्त्री किम सियोन होले आफूले समाचारमाध्यमबाट मात्रै मार्शल ल लगाइएको कुराको जानकारी पाएको दाबी गर्नु भएको छ ।

यस्तै मार्शल ल कार्यान्वयनको कमान्डर तोकिएका सेना प्रमुख जनरल पार्क आन सुले राष्ट्रपतिले टेलिभिजन मार्फत गरेको घोषणा सुनेर मात्रै आफूले यसबारे जानकारी पाएको बयान दिनु भएको छ । पार्कले आफूलाई संसद् भवन पठाइएका सैनिकलाई गोली दिइएको वा नदिइएको बारे थाहा नभएको मात्र नभई सेना परिचालित गरिएको बारेमा समेत जानकारी नभएको दाबी समेत गर्नु भएको छ ।

यसैबीच मार्शल ल लगाएको विषयलाई लिएर विपक्षी ६ दलहरूले राष्ट्रपति यून विरुद्ध दर्ता गराएको महाभियोग प्रस्तावमाथि यही शनिबार साँझ सात बजे मतदान हुने भएको छ । तीन सय सदस्यीय संसद्‌मा महाभियोग प्रस्ताव पारित हुन दुईतिहाइ अर्थात दुई सय मत चाहिन्छ । विपक्षी दलहरूसँग एक सय ९२ सिट छ भने प्रस्ताव पारित हुनका लागि सत्तारुढ दल पिपुल पावर पार्टीका कम्तीमा आठ सांसदको समर्थन आवश्यक हुन जान्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?