ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

तिलोत्तमा, २० मंसिर ।

रुपन्देहीको ले वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाहरुको कार्यान्वयन र ती योजना सञ्चालन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम दिएको छ ।

तिलोत्तमा वडा नम्बर ३ र ४ का वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीहरुका लागि बिहीबार तालिम दिइएको हो । तालिममा नगरपालिकाबाट विनियोजित बजेट, नगर योजनाहरुको लागत स्टिमेट, गुणस्तरीय काम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने तिलोत्तमा–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीले बताए ।

नगरपालिकाको वडा नम्बर ३ र ४ का टोल विकास समिति अध्यक्षहरु, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको क्षेत्रीले बताए ।

उपभोक्ता समितिमार्फत सम्पन्न हुने नगरस्तरीय योजनालाई विश्वसनीय र पारदर्शी बनाउन वडामा पुगेर उपभोक्ताहरुलाई तालिम तथा अभिमुखीकरण सञ्चालन गरिएको तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेलले बताए ।

कार्यक्रममा नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रदिप वन, लेखा अधिकृत रमेश बस्याल र योजना शाखाका पशुपति खनालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको थियो । योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, उपभोक्ता समितिले समाजमा खेल्नुपर्ने भूमिका, कार्य सम्पादन विकास गर्दा ध्यान दिनुपर्ने कामको विवरण, दोहोरो हाजिरी फारम भर्ने तरिका, काम सम्पन्न गरेपछि फरफारक गर्दा भर्नुपर्ने विवरण, सचेत उपभोक्ताले जिम्मेवारी योजनाको समय अवधि, लागत र उपभोक्ताको योगदान, जनश्रमदान, त्यसको महत्व, सुशासन, पारदर्शिता, भ्रष्टाचार न्यूनीकरण, विकास निर्माण सामग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो ।

यस्तै रकम निकासा प्रकृया, खर्चको लेखांकन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रकृया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रकृयाको विषयमा उपभोक्ता समितिका पदाधिकारी एवम् टोल विकास समितिका अध्यक्षहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा नगरपालिका योजना शाखाकी अधिकृत सीता भण्डारी, तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडा सचिव काशीराम ज्ञवालीलगायतले अभिमुखीकरण तालिमले उपभोक्ता समितिका पदाधिकारीहरुलाई कार्यसम्पादनमा सहयोग पुग्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?