ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कोलनगरको उत्खननमा प्राचिन पूर्वाधार भेटियो !

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

नवलपरासी, २० मंसिर ।
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) मा भइरहेको उत्खननले भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पूर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।

पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भूभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने, सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पूर्वाधार भेटिन थालेको छ, यद्यपि यसको विस्तृत अध्ययन अझै पनि गर्नुपर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउँदै उनले अझै ती पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ ।

पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय सरकार रामग्राम नगरपालिकाले उत्खननमा लगानी गर्न चाह्यो भन्ने निरन्तर उत्खनन गर्न सकिन्छ । बुद्धको मावली भएको उतm स्थानको खोज अनुसन्धानका लागि स्थानीयको मागसँगै अन्य देशी विदेशीहरूले समेत चाँसो ब्यतm गर्दै आएका छन् । विगत दुई दशक देखी नियमित रूपमा उत्खनन, जिओफिजिक्स (भूभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसन्धान भइरहेको छ ।
कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिइने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचारप्रसार हुन सकेको छैन । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ ।

भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया, पालन गर्ने प्रजावति गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपूर्ण स्थान हो ।

तर आउने बौद्धमार्गी तथा पर्यटकलाई देखाउनका लागि यहाँका पुर्वाधार खुल्ला राखिने गरिएको (स्ट्रक्चर ओपन) छैन् । उत्खनन गर्ने र पुर्ने कार्य बर्षाैंदेखि भइरहेको छ । त्यसलाई खुल्ला नै राख्न र संरक्षणका लागि नगरप्रमुखले माग राखेको भए पनि निजी स्वामित्वको जग्गामा कसरी खुल्ला राख्ने र संरक्षण गर्ने ? चुनौती देखिएको समेत पुरातत्वविद ज्ञवालीले बताएका थिए । यसका लागि पनि ति जग्गाको ब्यवस्थापन यदि नगरपालिकाले गरिदियो भन्ने खुल्ला राख्न र संरक्षण योजना बनाउन सकिन्छ ।
कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ । कोलिय राजाहरूकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रूपमा बचाई राख्नका लागि कोलियहरूको ठूलो योगदान हुनुपर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन नगरि मौलिक रूपमा छाडिदिइनुको पनि कुनै अध्यात्मिक रहस्य नै भएको हुनु पर्छ । कोलिय राज्यकी अग्र उपासिका सुप्रवासा सहित जन्म,पालन र सेवा तथा साथ दिईने कोलिय गणराज्यका महान चार महिलाहरूको कारणले पनि स्तुप अहिलेसम्म मौलिक अवस्थामा रहनु महत्वपुर्ण स्थान राख्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डेले बताएका थिए । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।

बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरूको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।

रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।

महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?