ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

दक्षिण कोरियामा राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव पेस भएको छ।

राष्ट्रपति युन सुक योलले घोषणा गरेको सैनिक कानुनलाई विफल पारेका विपक्षी दलले उनीविरूद्ध महाभियोग प्रस्ताव ल्याएको हो।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले मुख्य विपक्षी दल डेमोक्र्याटिक पार्टी (डिपिके) र अरू साना गरी ६ दलका सांसदहरूले राष्ट्रपति योलविरूद्ध महाभियोग प्रस्ताव ल्याएका हुन्।

बुधबार पत्रकार सम्मेलनमा विपक्षी दलका सांसद किम योङ मिनले राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव ल्याइएको बताए। उनले शुक्रबारभित्र महाभियोगको छिनोफानो हुने पनि बताएका छन्।

महाभियोग प्रस्ताव दुई तिहाईबाट पारित गर्नुपर्छ। ३०० सदस्यीय राष्ट्रिय सभामा राष्ट्रपति योलको पार्टी पिपिपीको १०८ सदस्य छन्। दुई तिहाईले महाभियोग प्रस्ताव पारित हुन राष्ट्रपतिकै दलका सांसदहरूले पनि प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ।

मंगलबार सैनिक कानुन घोषणा भएपछि संसद भवनमा पुग्ने सांसदहरूमा सत्तारूढ पार्टीका पनि थिए। पिपिपीकै सांसद हान दोङ हुनले राष्ट्रपतिको निर्णलाई गलत भनेर आलोचना गरेका छन्। मंगलबार राति संसद भवनमा उनले विपक्षी दलका नेता म्युङसँग हात पनि मिलाएका थिए भनेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ।

सत्तापक्षकै अरू सांसदहरूले पनि दक्षिण कोरियामा अब योलले शासन चलाउ सक्दैन भन्दै आएका छन्। त्यसकारण उनलाई हटाउन ल्याइने महाभियोग प्रस्तावको पक्षमा उनकै दलका सांसदहरूले पनि मतदान गर्न सक्छन्।

यद्यपि राष्ट्रपति योलको राजीनामा माग्दै १० लाखभन्दा बढी सदस्य भएको ट्रेड युनियनले अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको छ। सियोलमा नागरिकहरु ८ लेनको सडक पूरै ढाक्नेगरी उपस्थित भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

बुधबार बिहान विपक्षी दलका सबै सांसदहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै संसद भवन अगाडि प्लाकार्ड बोकेर उभिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?