ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

कपिलवस्तु महोत्सवको तयारी पुरा

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

जीतपुर, १९ मंसिर ।
१५ औं कपिलवस्तु महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको सम्पूर्ण तयारीको पुरा भएको र अन्य सौन्दर्यीकरणको काम जारी रहेको महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि तयारी सम्पन्न भएको काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा तयारीको काम पुरा भयो । अहिले सजावटका काम भईरहेका छन् ।’ उनले कम्पाण्ड, स्टल, सचिवालय, बालउद्यान, प्रवेशद्धार, स्टेज, खानेपानी, पार्किङ स्थल निर्माणको काम सम्पन्न भएको बताए । उनले महोत्सवको उद्घाटन बुधबार दिउँसो १२ बजे नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने कार्यतालिका रहेको बताए । यस क्षेत्रको कला, सँस्कृति झल्कने विभिन्न झाँकीसहित महोत्सवको भव्य रूपमा उद्घाटन गरिने उनले बताए ।अध्यक्ष क्षेत्रीले बुधबारदेखि सुरु हुने महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन दर्शकहरूलाई अवलोकनका लागी आह्वान समेत गरे । कपिलवस्तु महोत्सव जिल्लाकै गरिमा भएको बताउँदै उनले भने, ‘विशेषतः कपिलवस्तु जिल्लावासीलाई महोत्सव अवलोकनका लागी आह्वान गर्छ । सबै दर्शकलाई चुले निम्तो छ ।’उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गर्न लागिएको बताए ।
आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ ।’ उनले हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने व्यवस्था आयोजकले मिलाएको जानकारी दिदैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । उनले सामान्य व्यक्तिका लागि टिकट ७० रूपैयाँ र विधार्थीका लागि ५० रूपैयाँ निर्धारण गरिएको जानकारी दिए । स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै निशुल्क स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।
उनले यो महोत्सव कृषक, उद्योगी, व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने थलोका रूपमा विकास हुने बताए ।कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक हुमनाथ पौडेलले विगतका महोत्सवहरूबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरि संचालन गर्न लागिएको बताए ।उनले १५औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तुकै उत्सावका रूपमा स्थापित गर्ने गरि तयारी गरिएको बताए । उनले यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए । उनले महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको बताए ।१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?