Butwal Today

एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित

१९ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाज कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।

काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाए । १० बलमा २८ रन प्रहार गरे। सुमित महर्जन ४० रनमा अविजित रहे ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए ।

पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?