Butwal Today

एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य

१९ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जारी प्रतियोगिताकै कीर्तिमानी लक्ष्य पेस गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको हो ।
जारी एनपीएलमा बनेको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि विराटनगरविरुद्ध सुदूरपश्चि रोयल्सले सात विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?