ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक रूपमा निर्वाचित जनप्रतिनिधिहरूले पाउँदै आएको तलब पुनरावलोकन गर्नुपर्ने अभिव्यक्ति दिएर नयाँ बहसको आरम्भ गर्नुभएको छ । उहाँले जनप्रतिनिधिको सेवा सुविधाले विकृति, विसंगति भित्राएको भन्दै पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ । निश्चितरूपमा जनप्रतिनिधिले तलब लिने कि नलिने भन्ने बिषयमा बहस उठ्नुपर्ने आवश्यकता छ । तलबी सिस्टमले धेरै विकृति, विसंगति भित्राएको मुख्यमन्त्रीको भनाई यथार्थ हो । जनप्रतिनिधि वास्तवमा जनताको सेवाका लागि चुनिएका प्रतिनिधि हुन तर तिनै प्रतिनिधिले तलब लिँदा सुशासनको नारा एकातिर काम अर्कोतिर भैरहेको प्रतीत भैरहेको छ । यो आम नेपाली नागरिकले महसुस गरिरहेको बिषय हो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सोमबार लुम्बिनी प्रदेशमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अघि सारेको यो नयाँ बहस प्रदेशमा मात्रै होइन, संघीय र स्थानीय तहमा पनि सुरु हुनु जरुरी छ । देश आर्थिकरूपमा टाट पल्टिने स्थिति एकातिर छ, अर्कोतिर सरकारले कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्था उत्पन्न हुँदैछ । सरकारलाई बैदेशिक ऋणको साँवा ब्याजमा मात्रै बर्षेनी अर्बौं रूपैया भुक्तानीको दायित्व छ । त्यसैमाथि देश र जनताको सेवा गर्न अघि सरेका जनप्रतिनिधिले समेत कर्मचारीले सरह तलब भत्ता बुझ्नु देशमाथिकै अन्याय हो । तलबमात्रै होइन पालिकाका मेयर र उपमेयरले कार्यविधि र नियम बिपरित मासिक हजारौ रूपैया बराबरको इन्धन सुविधा लिदै आएका छन । त्यसमाथि वडा अध्यक्ष र सदस्यहरूले समेत इन्धनको सुविधा पाउँदै आएका छन । यो वास्तवमै बेथितिको चरम नमूना हो । जनप्रतिनिधिले अहिले खाईपाई आएको सुविधामा कटौती होइन पुनर्विचार गर्नु आवश्यक छ । मुख्यमन्त्रीको भनाई पनि जनप्रतिनिधिको तलब सुविधा पूरै कटौती नभै त्यसमा पुनर्विचार गर्नुपर्ने हो । यो बिषयमा साँच्चै बहस गर्नुपर्ने बेला आएको छ । राजनीतिमा आउने तलब बुझ्ने, पैसा कमाउने भन्ने नराम्रो सन्देश जनतामाझ पुगिरहेको छ । जनप्रतिनिधिले अहिले पाईरहेको तलब सुविधामा पुनर्बिचार नगर्ने हो भने यस्तै यस्तै कारणले मुलुक बर्बादीको दिशामा जाने कुरा निश्चित छ । जनताको सेवा गर्ने भन्दै चुनाव जितेका जनप्रतिनिधिलाई तलब र सुविधा प्रदान गरेर राज्यले सरकारको ढुकुटीमा खाउ रजाई गर भन्ने अर्थमा जिम्मा दिएको अहिले महसुस भैरहेको छ ।
चुनावमा भएको खर्च उठाउन जनप्रतिनिधिलाई सरकारले बैधानिक तबरले तलब र सुविधा दिएको अर्थमा परिभाषा गर्नु ठिक त होइन तर हाम्रा जनप्रतिनिधिको काम त्यही दिशामा गैरहेकोले चिन्ता उत्पन्न भएको हो । स्थानीय तहको निर्वाचन भएको साढे दुई बर्षको बीचमा हाम्रा जनप्रतिनिधि काम भन्दा पनि तलब सुविधामा रमाएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । देश चलाउनेहरू निःस्वार्थी भावना भएका हुने हो भने वास्तवमा हाम्रो मुलुक हरेक दृष्टिकोणले राम्रो छ र राम्रो गर्न सकिन्छ तर स्थानीय पालिकाका जनप्रतिनिधिले जनतालाई सेवा भन्दापनि सास्ती दिने गरेको गुनासो सर्वत्र छ । प्रदेशको अवस्था पनि त्यही छ । नेपाली जनताले पाँच बर्षमा एकपटक आवधिक निर्वाचनमार्फत जनप्रतिनिधि निर्वाचित गर्छन । तर, यो मुलुकमा चुनाव लोभको र पद पाउने माध्यमको रूपमा दुरूपयोग भैरहेको छ । नयाँ पुस्ता अवसर नपाएर विदेश पलाउन भैरहेको छ । रोक्ने जुक्ति जनप्रतिनिधिहरूसंग छैन । जनप्रतिनिधि पनि आफ्नो दुनो सोझ्याउने काममा मात्रै बढी लालायित हुँदै गएका छन् । एकपटक निर्वाचित भएका जनप्रतिनिधि फेरी दोहोरिन चाहनु त्यसकै परिणाम हो । अतः मुख्यमन्त्री चेतनारायण आचार्यले जुन कुरा उठाउनु भएको छ, त्यो जायज छ । यो बिषय पुनः बहसमा आउनु जरुरी छ र कार्यविधि बनाएर पुनर्विचार हुनैपर्दछ । जेहोस मुख्यमन्त्री चेतनारायण आचार्यले उठाएको यो बिषयमा राज्यका तर्फबाट गहन ढंगले सोच्ने काम होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?