ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

 काठमाडौँ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका कांग्रेसले क्लिनस्विप गरेको छ।

२ वडाध्यक्षसँगै मेयर पदका उम्मेदवार कांग्रेसका कृष्णमान डंगोलले जित हात पारेका छन्। एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।

दोस्रो स्थानमा माओवादी उक्लिएको छ।

कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा थिए। यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए।

कांग्रेसका कृष्णमानले ५ हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३३७ मत मात्र पाए।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ र अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार ३१४ मत प्राप्त गरे।

निर्वाचन अधिकृत इन्दिरा कार्कीले मतगणना सकिएको र चाँडै नै आधिकारिक रूपमा घोषणा गर्ने नेपालखबरलाई बताइन्।

२०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसकै राजकुमार नकर्मी ९ हजार ४३ मत पाएर विजयी भएका थिए। एमालेका केशरत्‍न बज्राचार्यले त्यतिखेर ५ हजार ५०७ मत ल्याएका थिए।

कांग्रेस र एमालेका दुवै उम्मेदवारले पहिलाको तुलनामा अहिले कम मत पाएका छन्।

अघिल्लो चुनावमा माओवादीका शिवशरण महर्जन नै उम्मेदवार थिए र उनले ४ हजार ९० मत पाएका थिए। अहिले उनले जित हासिल गर्न नसके पनि मत संख्या बढाएका छन् र एमाले उम्मेदवारलाई उछिनेका छन्।

दुवै वडाध्यक्षमा कांग्रेस
काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।

अघिल्लो चुनावमा यस वडामा कांग्रेसका हीरालाल महर्जन निर्वाचित भएका थिए। त्यतिखेर एमालेका हर्ष महर्जन नै उनीसँग पराजित भएका थिए।

कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन्।

अघिल्लो चुनावमा यस वडाको अध्यक्षमा श्‍यामकुमार अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। उनले १ हजार ३८० मत पाएका थिए।

त्यतिखेर कांग्रेसका राजेन्द्र बानियाँ दोस्रो स्थानमा थिए। उनले १ हजार ५७ मत पाएका थिए भने एमालेका ईश्‍वरकुमार बाँस्कोटाले जम्मा २ सय ३६ मत पाएका थिए।

रोचक त के भने बानियाँले पहिला १ हजार ५७ मत पाउँदा पनि जित्न सकेका थिएनन् । तर अहिले ७४२ मत मात्र पाउँदा पनि वडाध्यक्षको कुर्सीमा बस्न पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?