Butwal Today

रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको

१८ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १८ मंसिर  ।

रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।

३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?