ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ?

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बैदेशिक रोजगार विभागको पछिल्लो तथ्याँक अनुसार दैनिक करिव पाँचजना नेपाली श्रमिक बन्द बाकसमा कैद भएर स्वदेश फकाईदै गरेका छन् । सपनाको संसारमा डुबुल्की मार्दै परिवारको उन्नत जीवनको खुसीमा रमाउँदै बिदेश उडेकाहरू यसरी बन्द बाकसमा कैद भएर स्वदेश फकाईदा आफन्तको मात्रै होइन, सम्पूर्ण नेपालीजनको आँखामा आँशु झरीरहेको छ । आफन्तको बिछोडमा बिमानस्थलमा देखिने आफन्तजनको आँशुको भेलले आम नेपालीलाई पिरोलेको मात्र छैन, अविश्रान्त देखिने यो श्रृंखला कहिले अन्त्य हुने हो ? चिन्ता उत्पन्न भएको छ । नेपाली श्रमिक बाध्य भएर बैदेशिक रोजगारीमा जानुपरेको छ । नेपालमा प्रशस्त रोजगारीको अवसर नहुँदा बिदेशिनु नागरिकको बाध्यता हो । अहिलेपनि नेपालमा रोजगारी नपाएर लाखौँ नेपाली श्रमिक विदेशी भूमिका श्रम गर्न बाध्य छन् । कहिले द्वन्द्व, कहिले अराजकता, कहिले बन्द–हड्ताल त कहिले आन्दोलनबाट वाक्क भएर आफू र आफ्नो परिवारको पेट पाल्न विदेशिएका नेपालीले पठाएको रेमिटेन्सले नै देशको अर्थतन्त्र धानिएको छ । करिब ७० लाख नेपालीका परिवार रेमिटान्सबाट धानिएका छन् । तर, विडम्बना ! कठिन परिश्रम गर्न विवश तिनै नेपालीहरूमध्ये दैनिक पाँचजनाको हाराहारीमा बन्द बाकसमा कैद हुन बाध्य छन् । नेपालमा प्रजातन्त्र आएको ३५ बर्ष हुँदैछ । त्यसयता बनेका दर्जनौं सरकारले जनताको आशा र विश्वासमाथि कुठाराघात गरिरहेका छन् । विदेशमा पसिना बेचेर परिवार र बालबच्चाको खुशीका लागि विदेशिने नेपाली श्रमिक अकालमै बाकसका कैद भएर आउनु अत्यन्त पीडादायी हो । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लास भित्रिँदा पनि नेपाली समाज र सरकारलाई नदुख्नु विडम्बना हो । निश्चितरूपमा जन्मपछि मृत्यु सत्य छ । एकपटक यो संसारमा पदार्पण गरेपछि जानु नै छ । मृत्यु शास्वत सत्य छ तर, अकाल मृत्युलाई स्वाभाविक ठान्ने चिन्तन कदापि राम्रो होइन । विदेश गएका औसत नेपालीहरू जोखिममा काम गर्न बाध्य भैरहेका छन् ।

पछिल्लोसमय खाडी राष्ट्र जाने नेपाली महिलाहरू समेत अत्यन्त जोखिममा काम गरिरहेका छन् । उनीहरूको जीवनको सुरक्षा छैन् । सरकारले समेत बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रयास नगर्नु चिन्ताको कुरा हो । हरेक दिन सामाजिक सञ्जालमा महिलाहरूले उद्धार गरिदिन गर्दै आएको रोदन अझै कति सुनिरहने ? अहिले विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरूले त्यसरी बिपदमा परेका दुःख पाएका नेपाली चेलीहरूको उद्धार गर्दै आएका छन । यो खुसीको कुरा हो तर जबसम्म बैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सकिदैन तबसम्म यो समस्याले निकास पाउँदैन । तसर्थ सरकारले चाहेमा बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सक्छ । नेपालीले नेपालीलाई लुटने, ठग्ने, ढाँटने र छलकपट गर्ने र अनेकौं जालझेल गर्ने क्षेत्रको रूपमा बैदेशिक रोजगारीको क्षेत्र बदनाम भएको छ । म्यानपावर कम्पनीको नाममा नेपालीमाथि अनेक पीडा थोपर्ने काम भएको छ । यद्यपि सवै म्यानपापर कम्पनी एउटै प्रकृतिका छैनन् । पछिल्लोसमय बैदेशिक रोजगारीलाई अव्यवस्थित बनाउने काम सुरु भएको छ । सामाजिक सञ्जालका माध्यमबाट अनेकौं प्रलोभन दिएर सोझा सिधा नेपालीलाई ठगी गर्ने क्रम फेरीपनि सुरु भएको छ । टिकटकका माध्यमबाट आकर्षक रोजगारीको ग्यारेन्टी दिने र नेपालीलाई झुक्याउने काम भैरहेको छ । आम नेपाली जनता यो बिषयमा सचेत बन्नैपर्दछ । बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गरेको छ । जतिसुकै समृद्धिको सपनाका कुरा गरेपनि सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामतर्फ चासो नदेखाएकै हो । सरकारले वैदेशिक रोजगारलाई नियमन नगरेसम्म न त वैदेशिक रोजगारीमा जाने क्रम घट्नेछ, न विदेशबाट नागरिकका शव आउने क्रम नै रोकिनेछ । तसर्थ सरकार अव ढिलो भैसक्यो बैदेशिक रोजगारीलाई व्यवस्थित बनाऊ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?