ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित
रुपन्देही डान्स स्टार सिजन—४

फाईनलमा २० प्रतिस्प्रर्धी

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बुटवल, १८ मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रुपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको प्रतियोगिता लुम्बिनी वाणिज्य क्याम्पसको सभाहलमा पुष ६ गते हुने छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए ।

बुटवलको गार्गी एकेडेमीमा भएको सेमीफाईनल चरणमा उत्कृष्ट प्रस्तुतिसहित दिलमाया परियार, हेमा सुनार, कृतना ज्ञवाली, सगुन गैरे, प्राश्ना कुवर, सेली थापा, अन्सु केसी, आयिशा भुषाल, प्राचु पुन, मनसुन सुवेदी, समृद्धि सेन, साहिस्ता शाही, अजिता सोमै, रिदम सारु, कृष्टिना घिमिरे, सगुन थापा, प्रविधि न्यौपाने, सुलभ मिजार, प्रिन्सु सुनार र साहिसा क्षेत्री फाईनलमा प्रवेश गरेका छन । प्रतियोगितामा पाच देखी १३ वर्ष बिचमा निक्कै उत्कृष्ट सहभागीहरु रहेको जज अनु रजकले बताए ।

पहिलो चरणको अडिसन राउण्डमा १०२ जना सहभागीमध्येबाट छनौट भएर दोस्रो चरणको ओपन राउन्डमा ६० जना र सेमिफाइनलमा ४० जना छनौट भएका छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए । अडिसनमा सहभागीहरुले २ मिनेटको प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपाली र अग्रेजी गितमा मात्र प्रतियोगी आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए । यसपटक प्रतियोगितामा पाच वर्षभन्दा माथिको उमेर हकबन्दी हटाईएको र सिगल डान्समात्र राखिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन । सेमीफाईनल चरणमा अनु रजक र अनु गुरुङ जज रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?