Butwal Today

नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी

१८ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य मात्र बृद्दी भएको छ ।

आजको अर्थात मंगलबारको कारोबार १७.८० अंक बृद्दी भएर रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।

मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा पुगेको छ । मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार दिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको छ ।