ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बुटवल, १८ मंसिर । ‘१२ वी फेल’ र ‘द साबरमती’ जस्ता चलचित्रबाट आफ्नो पहिचान बनाएका अभिनेता विक्रान्त मेसीले अचानक अभिनयबाट ब्रेक लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल पोस्टमार्फत सो जानकारी दिएका हुन् । यो खबर बाहिर आएसँगै विक्रान्तका फ्यानहरु स्तब्ध र निराश बनेका छन् । कतिपयले उनी अभिनयबाट सधैं टाढै बसेको विश्वास गर्छन् भने कतिपयले ठीक समयमा पुनरागमन गर्ने बताएका छन् ।

विक्रान्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘नमस्कार, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत छन्। तपाईको निरन्तर सहयोगको लागि म तपाईहरू सबैलाई धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा, मैले महसुस गरेको छु कि यो आफैलाई पुनः सन्तुलन र घर फर्कने समय हो। पति, बुबा, छोरा र अभिनेताको रूपमा पनि २०२५ मा हामी एकअर्कालाई अन्तिम पटक भेट्नेछौं।’

विक्रान्तको यो घोषणालाई लिएर चलचित्र उद्योगबाट धेरै प्रतिक्रिया आइरहेका छन् । उनीसँगै फिल्म ‘१२ वी फेल’ मा देखिएकी अभिनेत्री मेधा शंकरले आश्चर्य व्यक्त गरेकी छिन्, ‘के रुअभिनेत्री आकांक्षा रञ्जन कपुरले पनि आश्चर्य व्यक्त गरेकी छिन् । उनले कमेन्ट गर्दै लेखे, ‘के रुरुरु सोनु, होइन, तपाईं बाँकी रहेका केही कलाकारहरू मध्ये एक हुनुहुन्छ, जो वास्तविक छन्।’

साबरमती रिपोर्टका क्रममा विक्रान्तलाई धम्की आएको थियो । ब्रेक लिनु अघि विक्रान्तको अन्तिम फिल्म ‘द साबरमती रिपोर्ट’ हो, जुन १५ नोभेम्बरमा रिलिज भएको थियो। यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ। ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो । चलचित्रका मुख्य कलाकार विक्रान्त मेसीलाई धम्की आएको थियो । विक्रान्त आफैंले बिभिन्न मिडियामा दिएको अन्तर्वार्तामा यसको खुलासा गरेका थिए । विक्रान्तले आफ्ना विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई पनि नछोड्ने र उनीबारे अश्लील कुरा गरेको बताएका थिए । धेरैले यो घटनासँग जोडेर उनले अभिनयवाट सन्यास लिएको अनुमान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?