Butwal Today

एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो

१८ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १८ मँसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेल सुरू भएको छ ।
आज हुन गइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेसँगै पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।
पोखराले पहिले बलिङ गर्ने भएसँगै चितवनले पहिले ब्याटिङको निम्तोसमेत पाएको छ । चितवनले यसअघि काठमाडौं गुर्खाजलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

उता पोखराको भने यो पहिलो खेल हो । चितवनविरुद्ध जित निकाल्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ पोखरा मैदानमा उत्रिँदै छ ।