ट्रेंडिंग:

>> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

विषादीको प्रयोग बढ्यो

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

पाल्पा,  १८ मंसिर ।
रिब्दीकोट गाउपालिकाको देउरालीका युवा कृषक सागर गौतमले व्यवसायीक रुपमा अकबरे खुसार्नी खेति गरेका छन् । खुसार्नीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि विषादीको प्रयोग गर्नु बाध्यता परेको उनी बताउछन् ।

उनले मात्र होइन ? उनी जस्ता २० जना भन्दा बढि कृषकहरुले विगतको तुलनामा यस वर्ष विषादीको प्रयोग बढि मात्रामा प्रयोग गरेको उनीहरु बताउछन्।
व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेति देखि अकबरे खुर्सानीको खेति गर्ने कृषकहरुले वालीमा रोग तथा किरा देखिना साथ विषादीको प्रयोग गरिहाल्ने बानी बसेको कृषक सुधिर नेपाल बताउछन् ।

खेति बारीमा रोग तथा किरा नियन्त्रणको लागि विषादीको प्रयोग गर्ने प्रवृति बढदो अवश्थामा छ ।पहिले पहिले खुर्सानीमा रोग लागेको देखिएन जानिएन तर आज भोलि गाउघरमा पनि बिना विषादी कुनै वाली नै नहुने भयो । यसै गरी टमाटर लौका, भान्टा सिमी जस्ता तरकारीहरुमा त अत्याधिक मात्रामा विषादीको प्रयोग गर्नु पर्दछ । विषादी छर्ने पनि मापदण्ड हुन्छ पछिल्लो समयमा रोग तथा किरा नियन्त्रणको लागि आफु खुसी विषादीको प्रयोग गर्ने बानी नै बस्यो । व्यवसायीक तरकारी खेति गरेका कृषकले बिना विषादी खेति गर्न नसकिने निस्दी गाउपालिका गल्धाका कृषक लाल बहादुर सोती बताउछन् । वालीमा लाग्ने किराको प्रतिरोघात्मक शक्ती बढदै गएकाले विषादीको क्षमता पनि बढाउदै लैजानु परेको कृषक हुम बहादुर शुर्यवशी बताउछन् ।

पहिले पहिले जैविक मल र स्थानिय जातको बिउको प्रयोग हुन्थ्यो र वालीमा रोग तथा किरा नियन्त्रण गर्ने श्रमता स्वयम वालीमा नै हुन्थ्यो तर आज भोलि बिउ पनि हाइब्रिड त्यसपछि मल पनि बजारको नै भयो त्यसैले किरा तथा रोगका प्रकोप पनि बढ्यो । वालीमा रोग तथा किरा नियन्त्रणको लागि कृषक पाठशाला भन्ने एकिकृत शत्रु जिव व्यवस्थापन भन्ने तालिम नै संचालन हुन्थ्यो तर संघिय संरचना संग सगै सबै हराउदा विषादीको विषादकिो प्रयोग बढेको तानसेन नगरपालिका तिन्टीआपका पुराना अगुवा कृषक इन्द्र पौडेल बताउछन् ।

तरकारी एकै रातमा बारीमा किराले सखापै पार्दछ गाउपालिकाको कृषि प्राविधिक बोलाउदा समयमा आउदैदनन् पसलमा जति बेला गयो त्यती बेला विषादी पाइने हुदा आफु खुसी विषादीको प्रयोग बढेको पुर्वखोला गाउपालिका पुर्वखोलाका कृषक देव बहादुर शारु बताउछन् ।

कृषि ज्ञान केन्द्रका सन्तोष चौधरी पनि विषादीको प्रयोग बढदो अवसथामा रहेको उनी बताउछन् । विषादीको कसरी ,कुनअवस्थामा प्रयोग गर्ने भन्ने विषयमा कृषकलाई समय अनुसार तालिम पनि दिने हो तर आफु खुसी विषादीको प्रयोग गर्ने वानी नघटेको उनले बताए । गत आर्थिक वर्षमा ३ हजार ५ सय ६२ किलो ग्राम धुलो , २८हजार ४ सय ८९ विषादी जिल्लामा खपत भएको प्रमुख चौधरी बताउछन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले प्रयोग बढदो अवस्थामा रहेको कृषि प्राविधिकहरु बताउछन् ।

तानसेन नगर सरकारको स्वस्थ्थ शाखाका प्मुख झपेन्द्र न्यौपाने बताउछन् विषादी अन्न वालीमा प्रयोग गर्दा सावधानी नअपनाउदा छाला तथा फोक्सोको क्यान्सरका बिरामीहरु बढदै गएको छ।
विषादीको प्रयोगका कारण स्वस्थ्यमा प्रतिकुल असर पार्दछ नै सरकारले दिर्घ रोगीलाई उपचारका लागि २ लाख रुपैया उपलब्ध गराउदै आएकोमा हाल सम्म क्यान्सर पिडितको सख्या १७ रहेको छ । त्यस गरी १लाख रुपैया उपलब्ध गराउनेको सख्या ३६रहेकोछ । सबै भन्दा बढि सरकारबाट अनुदान लिनेमा वडा नं ९ , २ र ४ गरी ६ जना रहेका छन् ।

प्रदेश सरकार मार्फत वितरण गरिने रकम मध्य १७ जनालाई २ लाख रपैया,३६ जनालाई १ लाख, ५० हजार ९२ जनालाई उपलब्ध गराएको प्रमुख न्यौपानेले बताए ।
क्यान्सरको प्रमुख तत्व भनेको विषादी नै हो । नगर भित्र १सय ५० जनालाई क्यान्सर पुष्टि भएको छ । त्यसै गरी जिल्ला भरमा १ हजारको सख्यामा क्यान्सर पिडीत रहेको स्वस्थ्य प्राविधीकहरु बताउछन् ।
विषादीको प्रयोग संगै खपत बढदो अवस्थामा छ । आर्थिक वर्ष ०७५÷०७६ को अवधिमा ६ लाख ८१ हजार ३ सय २७ के.जी का लागि ७९ करोड ३८लाख ३ हजार रुपैया खर्च भयो । ०७७ ÷०७८को अवधिमा मुलुक भर ७लाख ७३ हजार ३ सय ४३ के.जी विषादीका लागि १ अरव ६ करोड १८लाख २३ हजार ,त्यसै गरी ०७८÷ ०७९का लागि ११लाख ३५ हजार ५ सय ४ के.जीका लागि १ अरव ६२ करोड ३८ लाख ९५ हजार रुपैया बाहिरीयो । त्यसै गरी गत आर्थिक वर्षमा ११ लाख ८३ हजार ८ सय ४१ के.जी खपत भएकोमा यसका लागि १ अरव ६९लाख६३ लाख६१ हजार बाहिरीएको सम्बद्ध कृषि प्राविधिकहरु बताउछन् ।

पछिल्लो समयमा च्याउ, खोले सागमा समेत विषादीको प्रयोग बढन लाग्यो । कृषकमा सचेतनाको कमिले गर्दा विषादीको कारण स्वस्थ्य क्षेत्रमा समेत नराम्रो असर पुगेको स्वस्थ्य प्राविधीकहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?