ट्रेंडिंग:

>> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

दाङ,१८ मङ्सिर ।

दाङको नेपाल भारत सिमा क्षेत्र खांग्रानाकामा अन्तर स्थानीय तह स्तरिय घुम्ती बैठक सम्पन्न भएको छ । बैठकमा पालिकाहरुले हालसम्म गर्दै आएका असल अभ्यासका बारेमा जानकारी गराउँदै देखा परेका समस्या, कानूनी जटिलताका बारेमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले जानकारी गराएका थिए ।

पालिकाका प्रमुख, उपप्रमुखहरुले नदीजन्य पदार्थको उत्खखन्, व्यवस्थापनमा बारम्बार समस्या देखा परिरहेको हुँदा यसको दिगो समाधानको उपाय निकाल्नु पर्ने आवाज उठाएका छन् ।

नदीजन्य पदार्थको चोरीनिकासी बढ्दै गएको, रोकथामका लागि पालिकाको प्रयासले मात्रै सम्भव नभएको भन्दै यसको समाधानमा माथिल्लो निकायले पहल गर्नुपर्नें धारणा राखेका छन् ।

बैठकमा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्का, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीलगायतले पालिकाहरुबाट भईरहेका काम र देखा परेका समस्याहरुको बारेमा निकास खोज्न समन्वय बैठकमार्फत आग्रह गरेका थिए ।

स्थानीय सरकार आफैमा स्वात्त सरकार भएकाले संविधानले दिएको अधिकारको पालना गर्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ । बैठकमा प्रमुख अतिथि राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति सदस्य कमला वलीले भुमिकामा रहेका हरेक व्यक्तिमा इमान्दारिता आवश्यक रहेको बताइन ।

उनले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिले स्थानीय तहले नीति नियमको सही रुपमा पालना गरेमा कोही कसैलाई पनि रोकावट नगरेको बताइन । राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवको स्वागतबाट शुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले पालिकाले गर्दै आएका असल अभ्यास, उपलब्धि र चुनौति बारे जानकारी गराएका थिए । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति सदस्य कमला वलीको प्रमुख आतिथ्यमा आज राजपुर गाउँपालिका वडा नम्बर ६ को खांग्रानाकामा अन्तरपालिका स्तरीय घुम्ती बैठक सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका विमला पाण्डेले गरेकी थिइन् ।

जिल्ला समन्वय समितिको सहजीकरणमा जिल्लाका पालिकाहरुले समन्वयात्मक घुम्ती बैठक बस्दै आएको छ । आगामी बैठक बबई गाउँपालिकामा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?