ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

इस्लामावाद ।

पीटीआईको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शन र प्रदर्शनकारीमाथि सरकारको कारबाहीपछि आरोप–प्रत्यारोपको युद्ध सुरु भएको छ ।

सरकारले आफ्नो कारबाहीमा कुनै हताहत नभएको दाबी गरिरहेको छ भने पीटीआईले आफ्ना धेरै कार्यकर्ता मारिएको दाबी गरिरहेको छ ।

२६ नोभेम्बरमा इस्लामाबादमा उपस्थित हजारौं पीटीआई प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलहरूले ठूलो कारबाही गरेका थिए। सरकारले कम्तिमा ४ हजार १८५ पीटीआई कार्यकर्तालाई पक्राउ गरेको दाबी गरेको छ । पक्राउ परेकाहरूलाई अब पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीसी) मा आतंकवादको आरोप लगाइने छ।

सूचना मन्त्री अत्ता तरारले इस्लामाबादमा पीटीआईको विरोधलाई तितरबितर गर्न र अन्त्य गर्न गैर–घातक हतियार प्रयोग गरिएको दाबी गरेका छन्।

अत्ता तरारले भने, ‘पीटीआईले आफ्ना कार्यकर्ताहरू सुरक्षा बलको गोलीबाट मारिएको दाबी गर्दै झूटो प्रचार अभियान चलायो, म यो पुष्टि गर्न चाहन्छु कि सुरक्षा बलहरू प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सेनाहरूले कुनै प्रकारको हतियार प्रयोग गरेनन्।’

उनले अगाडी भने, ‘पीटीआईले सरकार विरुद्ध झूटा आरोप लगाउने र फोहोरी राजनीति गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोजिरहेको छ ।’ इस्लामावादमा पीटीआई कार्यकर्ताहरू विरुद्धको कारबाहीमा कुनै हताहत नभएको सरकारको दाबी छ।

सूचना मन्त्रीले भने, ‘पीटीआईले आफ्ना दर्जन बढी कार्यकर्ता मारिएको दाबी गर्छ। म उनीहरूलाई सोध्छु, शव कहाँ छन् ? अस्पतालहरूमा किन तथ्यांक छैन ? पीटीआईले अस्पतालहरूलाई रेकर्ड लुकाउन बाध्य पारिएको झूटो कथा चलाइरहेको छ। जुन गरिएको छ, जुन पूर्णतया गलत हो।’

‘प्रदर्शनका क्रममा १२ जनाको मृत्यु’

इमरानको पार्टीले पाकिस्तान सरकारविरुद्ध गम्भीर आरोप लगाएको छ । मिडियासँग कुरा गर्दै उनीहरूले भनिरहेका छन् , ‘अहिलेसम्म प्रदर्शनका क्रममा कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ ।’

पीटीआई नेता शेख वकास अकरमले मिडियासँग कुरा गर्दै भने, ‘अहिलेसम्म प्रदर्शनका क्रममा कम्तीमा १२ जना मारिएका छन्। अधिकारीहरूले सुरुमा मृतकको शव परिवारलाई हस्तान्तरण गर्न अनुमति दिएनन् र शवहरू तीन दिनसम्म राखियो, अहिले परिवारको जिम्मा लगाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?