Butwal Today

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

१७ मंसिर २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित भएकी हुन्।

नरपुराले ३ हजार ६२७ मत प्राप्त गरिन्। दुई ठूला दलको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी केशकुमारी तुलाचन १ हजार ४९९ मतान्तरले पछि परिन्। तुलाचनले २ हजार १२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।