Butwal Today

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१७ मंसिर २०८१, सोमबार
अ+
अ-

दाङ,१७ मङ्सिर ।

दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तरगत सोमबार बेलुका घोराही उपमहानगरपालिका १० नारायणपुरको झारबैरा चोकमा रा १ ख १२९१
टिप्परले रा ७ प ७४६ मोटरसाइकललाई ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका -१९ का १९ वर्षक सुदिप बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार तुलसीपुर -१७ का २२ वर्षको दिपक बस्नेत गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।।।