ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

डिजिटल कक्षामा रमाउदै–सिक्दै

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

सल्यान, १७ मंसिर ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका सबै कक्षाकोठा पूर्ण डिजिटल बनाइएको छ । विद्यार्थीले प्रविधिको प्रयोग गरि डिजिटल कक्षाकोठामा रुचिका साथ पढ्न पाएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ४ मा अवस्थित नेपाल राष्ट्रिय मावि, किमुचौरले डिजिटल शिक्षाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको हो । विगत पाँच वर्षदेखि प्रविधिमैत्री शिक्षण प्रणालीको परीक्षण गर्दै आएको यस विद्यालयले अहिले सम्पूर्ण १९ वटा कक्षा कोठालाई पूर्ण रूपमा डिजिटल कक्षाकोठामा रूपान्तरण गरिसकेको छ । शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीले डिजिटल कक्षाकोठामा पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक दामोदर शर्माले जानकारी दिए ।

विद्यालयमा ६८४ जना विद्यार्थी र २४ जना शिक्षक छन्, जसमा १५ स्थायी दरबन्दीका शिक्षक र ९ जना निजी स्रोतका शिक्षक कार्यरत छन् । विद्यालयमा १७ वटा सामान्य कक्षाकोठा र २ वटा अतिरिक्त कोठाहरू रहेको भन्दै प्रअ शर्माले सबै कक्षामा प्रविधिहरूको प्रयोग गरिएको जनाए । उनका अनुसार डिजिटल कक्षा कोठामा सिपीयू, स्केच प्याड, साउण्ड सिस्टम, प्रोजेक्टर जस्ता प्रविधिको प्रयोग गरिएको छ भने २०० एमबीपिएस क्षमताको ल्यान इन्टरनेट पनि जडान गरिएको छ । प्रअ शर्मा भन्छन्, ‘हामीले कक्षाकोठाहरूमा प्रायः निःशुल्क सफ्टवेयरको प्रयोग गरेका छौँ । जसले शिक्षण सामग्री तयार गर्न सजिलो बनाउँछ । ब्ल्याकबोर्ड वा ह्वाइटबोर्डको विकल्पका रूपमा स्केच प्याडको प्रयोग गरेका छौँ । यसले शिक्षणलाई सरल र आकर्षक बनाएको हाम्रो अनुभूति रहेको छ ।’

डिजिटल शिक्षण प्रणालीले पठनपाठनमा उल्लेखनीय सुधार ल्याएको शिक्षकहरू बताउँछन् । यस प्रणालीले शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउँदै विद्यार्थी र शिक्षकबीचको अन्तक्र्रिया अझ सुदृढ गरेको बताइएको छ । डिजिटल प्रणालीले विद्यार्थी र शिक्षकबीच सधैं आइ–कन्ट्याक्ट कायम गर्न मद्दत गर्ने भन्दै प्रअ शर्माले शिक्षकले कक्षाको बीच भागमा उभिएर शिक्षण गर्ने भएकाले सबै विद्यार्थीहरूसँग समान सहजीकरण सम्भव भएको उल्लेख गरे । यसले अगाडि र पछाडि बस्ने विद्यार्थीबीचको विभाजनलाई पनि अन्त्य गरेको उनको भनाइ छ । डिजिटल कक्षाकोठामा भिजुअल सामग्रीका साथै विभिन्न विषयहरूको उदाहरण तत्काल देखाउन सकिने भएकाले पढाइलाई रोचक र बुझ्न सजिलो बनाइएको विद्यालयले जनाएको छ । नेपाल सरकारद्वारा प्रदान गरिएका भर्चुअल क्लासका सामग्रीसँगै अन्य विषयहरू जस्तै स्वास्थ्य, सामाजिक शिक्षा, नेपालीजस्ता विषयका सामग्री सजिलै प्रस्तुत गर्न सकिने शिक्षकहरूको अनुभव छ । यसका साथै खाली पिरियडको उपयोग सहज रूपमा गर्न सकिने हुँदा समयको उचित सदुपयोग भएको छ । डिजिटल कक्षा कोठामा प्राविधिक समस्याहरू समाधान गर्न सामग्रीको पूरै सेट बदल्नुपर्ने अवस्था नरहने भएकाले आर्थिक रूपमा पनि यो विधि व्यवहारिक देखिएको छ । ‘कुनै समस्या आएमा पुरै सामान बदल्नुपर्ने नभई सिपीयुमा समस्या आए सिपीयु, प्रोजेक्टरमा समस्या आएमा प्रोजेक्टर बदल्न सकिने भएकाले आर्थिक रूपमा सहज हुन्छ’, शर्माले भने । नेरामावि किमुचौरका सबै कक्षामा आवाजसहितको सिसिटिभी जडान गरिएको छ । जसबाट अफिस कोठाबाटै कक्षाको गतिविधि निगरानी गर्न सकिने र यसले पारदर्शिता र सुरक्षा थपेको विद्यालयको भनाई छ ।
पाँच वर्ष लगाएर १९ वटा कक्षा कोठालाई डिजिटल बनाउन विद्यालयले करिव ३० लाख रूपैयाँ लगानी गरेको छ । प्रति कक्षाकोठा १ लाख ५० हजार रूपैयाँको लागत परेको र यसका लागि विद्यालय स्रोत, कपुरकोट गाउँपालिकाका तथा संघीय अनुदानको संयोजनमा रकम जुटाइएको प्रअ शर्माले जनाए । डिजिटल शिक्षण प्रणालीलाई प्रभावकारी बनाउन शिक्षकहरूको लागि हरेक वर्ष दुईपटक रिफ्रेसर तालिम आयोजना गर्नेगरिएको र तालिमले शिक्षकमैत्री प्रविधिको उपयोगमा सहजता ल्याएको उनको भनाई छ ।यद्यपी डिजिटल शिक्षण प्रणाली लागू गर्दा केही चुनौतीहरू पनि देखा परेका छन् । विद्युत आपूर्तिको आवश्यकता रहेको भन्दै विद्यालयले निरन्तर पावर सप्लाईको लागि इनभर्टर (बिजुली ब्याकअप प्रणाली) अनिवार्य रहेको जनाएको छ । विद्यालयले सोलार पावर प्रणालीको व्यवस्था गर्ने दीर्घकालीन योजना बनाएको छ ।

कक्षाकोठाहरूलाई धुलोबाट जोगाउन विशेष ध्यान दिनुपर्ने, चट्याङ र अन्य प्राविधिक समस्याहरूको सम्भावना भएकाले वार्षिक मर्मत खर्च छुट्याउनुपर्ने, मासिक १५ देखि २० हजार रूपैयाँसम्मको विद्युत खर्च हुने भएकाले अतिरिक्त स्रोतको आवश्यकता पर्ने विद्यालयले जनाएको छ । हाल सञ्चालनमा आइरहेका कक्षा कोठाहरूमा दोहोरो साउन्ड सिस्टम लगायत पर्दा र कक्षा कोठा व्यवस्थापन लाई अझ सुदृढ गर्नुपर्ने काम बाँकी नै रहेको प्रअ शर्माले जनाए । दीर्घकालीन पावर ब्याकअप सिस्टमको व्यवस्थापन अथवा सोलर पावरको व्यवस्थापन लगायत शिक्षकहरूलाई समेत पूर्ण प्रविधिमैत्री बनाउने आगामी योजना रहेको उनले जनाए । डिजिटल कक्षा कोठाको, अभिभावक स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी लगायतले बेला बखतमा अवलोकन गर्ने गरेका छन् ।

उनीहरूले यो प्रविधि राम्रो र प्रभावकारी रहेको प्रतिक्रिया दिनेगरेका छन् । नेरामावि किमुचौरले डिजिटल शिक्षण प्रणालीलाई प्रभावकारी ढंगले लागू गरेर शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने उदाहरणीय प्रयास गरेको छ । यस पद्धतिबाट अन्य सामुदायिक विद्यालयहरूले पनि सिकाइ गर्न सक्छन् । सकारात्मक परिणामका आधारमा नेरामावि किमुचौर सामुदायिक शिक्षा सुधारको मार्गदर्शक बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?