ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गोरक्षक, वीर गोरखा नेपाली

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

केही दिनअघि कोशी प्रदेशमा गाई मारिएको विषयले अहिलेसम्म पनि माहोल तताइरहेको छ । माहोल तताइरहेको विषयलाई स्वभाविकै नै मान्नुपर्ने देखिन्छ । किनकि हाम्रो देश नेपालमा बस्ने अधिकांश धर्मावलम्बी हिन्दू, बौद्ध र किराँतहरूले गाईलाई आमा मान्ने गरेका छौँ । परापूर्वकालदेखि नै गाईको दुध माईको जस्तो गरी खाएर शरीर पुष्ट गराएका हामीले गाईलाई आमा मान्नु पनि स्वभाविकै हो । त्यतिमात्र नभएर अझ गहुँत, गोबर आदिको प्रयोग विना हाम्रा धार्मिक कर्महरू पूरा पनि हुँदैनन् । हामी सबै नेपालीको सम्बन्ध गोर्खासँग छ । कुनै जिल्ला विशेषको नामको गोर्खा (गोरखा) शब्द, जिल्लालाई मात्र बुझाउने त्यस्तो संकुचित शब्द भने होइन । यसको त विशाल अर्थ छ । हिमालको काखमा जन्मी विश्वका कुनाकुनामा छरिएर रहेका गाईलाई माता मान्ने सबै मानव गोर्खा हुन् । जन्मदिने मातालाई मान्ने, जन्मभूमिलाई मान्ने एवं दुध दिने धाईमाता गाई मातालाई मान्ने र उनीहरूको रक्षा गर्ने हामी वीर गोर्खाली विश्वका कुनाकुनामा छरिएर बसेका छौँ । गोरक्षक गोरखा जसले जय जय गोरख जय जय कालीको उद्घोष गर्दै विश्वको सामु गौरवसाथ जिउँदो मान्छे भएर जीवन जिउँछौँ । ती वीर गोरखा नेपाली नै हामी हौँ । हामी विदेशी उपन्यासकारहरूले भनेजस्तो कुनै बाहिरी देशबाट भागेर आएका हैनौँ । यस विषयमा राष्ट्रगुरु योगी नरहरिनाथले यसरी भन्नुभएको छ–
भगुवाभतुवा भाते शरणार्थी नभैकन ।
थरी थानी र रैथानी स्थानी यहौँ सबैजन ।।
हाम्रो शरीर यहीँको माटो, पानी, हावा, आगो एवं आकाशको उपज हो । हाम्रा पिता भगवान् शिव हुनुहुन्छ भने माता पार्वती हुनुहुन्छ । यही तपोभूमि, ज्ञानभूमि, ध्यानभूमिमा हाम्रा पूर्खाहरूले विश्व–कल्याणको चिन्तन गरेका हुन् । यही हिमालको काखमा भावातीत अवस्थामा ध्यान गर्दागर्दै ऋषिहरूले वेदका मन्त्रहरू देखेका हुन् । अहिँसाका प्रतीक भगवान् गौतमबुद्धको बुद्धत्व भूमि नै यही हो भने राजर्षि जनक, आदर्श नारी सीता, दार्शनिक अष्टावक्र, महर्षि पाणिनी आदि पनि यही पवित्र भूमिसँग सम्बन्धित छन् । गोर्खा जातीले असुर र आसुरी प्रवृत्तिको अन्त्यका लागि आफ्नो ज्यानको बाजी थापेर समेत धर्मयुद्ध गरेको इतिहास साक्षी छ । यस विषयमा पनि राष्ट्रगुरुले यसरी भन्नुभएको छ–
श्रीदुर्गाखुकुरी लिएर बलियो चम्काउँदै हातमा
गोर्खा वीर भये समग्र जगमा दिन्मा तथा रातमा ।
गाई धर्म धरा अनाथहरूको रक्षा गरी क्षात्रता
राखे वेदविधानले सकलको पाएर सत्पात्रता ।।
तर अहिले आएर साधु, सज्जन र गाईमाता रक्षाका लागि विश्वमा नाम कमाएको मुलुकका पुर्खाका सन्तान हामीहरूको बुद्धिमा बिर्को लाग्न थालेको छ । हामीले विदेशीहरूले दिएका पहिचानका आधारमा गाईजस्ता सोझा प्राणीहरू मारेर खानु हाम्रो संस्कृति भनेर गौरव गर्न खोजेका छौँ । कुनैपनि स्त्री जातिका पशुहरूको समेत हत्या नगरिने हाम्रो संस्कारका विरुद्ध के बोल्छौँ आफै थाहा पाइरहेका छैनौँ । आधुनिक विज्ञानले समेत प्रमाणित गरेको गाईको महत्व थाहा पाउँदा पाउँदै पनि “बाप बडा न भैया सबसे बडा रुपियाँ” भन्दै विदेशबाट हामीहरूको धर्म संस्कारलाई टुट फुट पार्न आएको पैसा पाउँदाजसो पनि बोल्न तयार छौँ । आमा बेच्न तयार छौँ । आमा बेचेर भतेर गर्ने राक्षसी संस्कारको पृष्ठपोषणका लागि गधामाथि चढेर झण्डा हल्लाउन पनि तछाडमडाड गरिरहेका छौँ । यस्तो हुनुको प्रमुख कारण भनेको यस्तो बताउनु हुन्छ राष्ट्रगुरुले–
विदेशीको सीको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलिइतिहासै हुनभनी ।
पढी लेखी घोकीअरूकन पढाई सव कुरा
अपूरा तीमिथ्या जब हुनगएभ्रान्तजनता ।।
माथिको प्रसङ्ग अनुसार गाईका सम्बन्धमा मानव एवम् प्रकृतिका लागि पनि घातक मानिएको गोहत्या जस्ता संविधानमै लेखिएको विषयमा पनि आतङ्क मच्चाउनेले त मच्चायो ल तर झन् ती आतङ्ककारीका पक्षमा ‘लाटा देशका गाँडा तन्नेरी’ ले अत्यन्तै विवादास्पद कुरो गरिरहेका हुन्छन् । मूर्ख मूर्ख खोजेर विदेशीहरूले विद्वान् भनाइँदा रहेछन् क्यारे यति साह्रो गम्भीर विषयमा पनि यति साह्रो छाडा कसरी बोल्न सकेका हुन् । कुनैपनि धर्मले विनाविधिको शरीर पोषणका लागि गरिने पशु हिँसालाई निषेध गरेको छ । धर्मले भनेको लाक्षणिक कुरालाई नबुझेर खानेले त खाइरहेका छन् । अझ नेपालको एकमात्र मौलिक धर्म हिन्दू (वैदिक, बौद्ध, किराँत) मा त गोहत्या त मनले सोँच्दापनि पाप हुने कुरा बताइएको कुरा माथि पनि बताइयो नै । त्यसमाथि अझै यहाँका पुराना रैथाने मियाहरूले पनि कहिले पनि यस्तो पथभ्रष्ट र राक्षसी कुरा सोँच्दापनि सोँचेनन् । जाने बुझेका मुसलमानहरूले पनि दुध खाइनेहरूको मासु खानै हुन्न भनेर बकाइदा भनिरहेका नै छन् । विदेशी क्रिश्चियन एवम् मुस्लिम देशमापनि दुध खाइने गाईको हत्या हुँदैन । त्यहाँ उनीहरूले मांसादिको लागि प्रयोग गर्ने जनावर गाईजस्ता देखिएता पनि ती भिन्न जातका हुन् । भारत, बङ्गलादेश र पाकिस्तानका केही अनपढ मुसलमानले गाईमाथि विवादित भनाई दिएतापनि त्यहाँका बुद्धिजीवी वर्गका मुसलमान, क्रिश्चियन पनि दुधदिने गाईलाई माताकै कोटीमा राख्नुपर्छ भन्दै आएका छन् । मांसाहार आफैमा घातक आहार हो । त्यसमाथि गाईको मांसाहार गर्ने व्यक्ति पछि छिट्टै नै अतिक्रूर भई मान्छेको मांसाहार पनि गर्न तत्पर हुन सक्तछ । यो विज्ञानले नै प्रमाणित गरेको विषय हो ।
त्यसैले गाईको अमृतरूपी दुध, दही, महीबाट स्वस्थ जीवन बिताऔँ नकि मांसादिको प्रयोग गरेर क्रूर जीवन । दूध जस्तो अमृत चिजबाट हामीहरूको पालनपोषण गर्ने गाई र हामीलाई जन्म दिई पालनपोषण गरेकी माई हामी गोर्खाहरूको लागि बराबरै पूज्य हुन् । त्यसैले देवता हुने प्रयास गरौँ नकि राक्षस । अन्त्यमा राष्ट्रगुरुबाटै रचित यो संस्कृत पद्य सबैले चिन्तनका साथ हत्या हिंसाको जङ्गली युगमा फर्किने हैन कि दया र करुणाले युक्त सभ्य समाजमा प्रवेश गर्ने प्रण गरौँ ।
निषिद्धा गोहत्यापशुपतियुते हिन्दुविषये
ततो हिन्दूराष्ट्रं प्रथितमथपृथ्वीस्थितिजुषाम् ।
क्षमेयं गोरक्षाक्षतिमसहमाना ननु गवा–
मवन्ती स्वं धर्मं हिमवति सदा स्वस्थहृदया ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?