ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली आज करिव ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । पछिल्लोसमय चीनप्रति बढ्दो लगाव र चासो बढिरहेको सन्दर्भमा ओलीको भ्रमणले नेपाल चीन सम्वन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । प्रधानमन्त्री भएपछि पहिले भारत भ्रमण गर्ने यसअघिको परम्परा अहिले तोडिएको छ । निश्चितरूपमा नेपालका लागि भारत र चीन उत्तिकै महत्वपूर्ण छन । दुवै असल छिमेकी मुलुक हुन । यसर्थ पहिले चीन वा भारत जुन देशको भ्रमण गरेपनि त्यसले कुटनीतिक क्षेत्रमा खासै प्रभाव राख्नु हुँदैन । प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा अहिले सर्वाधिक चर्चामा आएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई सम्झौता अनुदानकै रूपमा हुनुपर्ने आम नेपालीको माग छ । नेपालका लागि अव ऋण भन्दा पनि अनुदान प्राथमिकतामा रहनुपर्दछ । सत्तारुढ गठबन्धनका बीचमा पनि बिआरआई अनुदानकै रूपमा स्वीकार गर्नुपर्ने सहमति भएको छ । नेपालले ऋणको लागि ऋण लिनु चाहिँ अव राम्रो हुँदैन । ऋणको मात्रा बढेकै कारण अव हरेक नेपालीको टाउकोमा एकलाख ऋण पुग्न थालिसकेको छ । तसर्थ यो भ्रमणले बिआरआईका बिषयमा ऋण होइन अनुदानका रूपमा स्वीकार गरोस भन्ने जनमत छ । बीआरआईका विषयमा कांग्रेस–एमालेले तयार गरेको साझा धारणा नेपालको हितमा छ । बीआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरूले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको अवस्थामा सरकारले यो बिषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता छ ।
प्रधानमन्त्री ओलीको यो भ्रमणले चीन उत्साहित छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा नै बीआरआई हो । दमकमा चाइना–नेपाल इण्डष्ट्री पार्क बनाउने, ४०० केभीको गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन र २०० केभी क्षमताको किमाथान्का–छेन्ताङ विद्युत् प्रसारण लाइनको बारेमा पनि छलफल भइरहेको छ । झाङ्मु–खासा (तातोपानी नाका) सञ्चालन गर्नका लागि सहमति हुने संभावना छ । हुम्लाको पुलान (यारी) र रसुवाको जिलोङमा यात्रु तथा कार्गो रेलसेवा सञ्चालन गर्नका लागि चीनसमक्ष प्रस्ताव गरिएको छ ।
भ्रमणका क्रममा रेलमार्गदेखि तेल भण्डारसम्मका परियोजनाका विषयमा समेत सहमति हुने अपेक्षा गरिएको छ । भ्रमणको मुख्य एजेण्डा (बीआरआई) बारे हालसम्म औपचारिक सहमति भएको छैन । प्रधानमन्त्रीले ऋण सम्बन्धी कुनैपनि सम्झौता नहुने प्रष्ट पारिसकेकोले अव अनुदानकै रूपमा चीनको सहायत स्वीकार गर्नुपर्ने कुरा सकारात्मक छ । बीआरआई ऋणमा नभएर अनुदानमा मात्र स्वीकार गर्न सकिने नेपालको धारणा रहेकोले अनुदानमै लिँदा कुन मोडलमा लिने, कसरी लिने भन्ने कुरा नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई करिब ६० अर्ब रूपैयाँ अनुदान दिने घोषणा गरेका थिए । त्यसको कार्यान्वयनको बारेमा पनि छलफल हुने भएको छ । विगतदेखि नै नेपाल चीनको सबैभन्दा भरपर्दो मित्र रहिआएको वास्तविकतालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीको भ्रमणबाट विकास परियोजनामा ‘ब्रेक थ्रु’ हुने आम नेपालीको अपेक्षा छ । चीन उदीयमान विश्व अर्थतन्त्र र सामरिक शक्ति भएकोले हिमालपारिको नेपाल चीनका लागि दक्षिण एसिया प्रवेश गर्ने सहज ढोका बन्न सक्नुपर्छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राज्यसँग सम्बन्ध नबिगार्ने चिनियाँ नीतिले नै नेपाल–चीनबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहिआएको हो । ओलीको जम्बो भ्रमण फलदायी हुने प्रचार गरिरहँदा विगतमा सम्झौता गर्ने र कार्यान्वयन नगर्ने परम्पराको अन्त्य गर्ने विश्वास चीनलाई दिलाउन सक्नुपर्छ । चीनले पनि नेपाललाई असल छिमेकी मुलुकका रूपमा हेर्ने र सोही अनुसारको व्यवहार गर्नुपर्ने नेपालको अपेक्षामा आघात पर्न दिनुहुँदैन । त्यसबाट मात्रै दुई देशबीचको सम्बन्ध प्रगाढ मित्रतामा परिणत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?