ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

काठमाडौँ, १७ मङ्सिर ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो ।

प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भ्रमण सफलताको शुभकामना

प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको छ । बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले यसका अतिरिक्त प्रस्तावित तीन सय मिलियन आरएमबी (करिब पाँच अर्ब ६० करोड रुपियाँ) बराबरका कार्यक्रम सम्झौता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिए । प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने उनले जानकारी दिए ।

मङ्गलबार राष्ट्रपति सीसँग भेटवार्ता

प्र्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच मङ्सिर १८ गते मङ्गलबार उच्चस्तीय भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री ओली सोमबार चीन पुगेलगत्तै भेटवार्ता र सम्झौताको तयारीमा लाग्ने छन् ।

भोलिपल्ट मङ्गलबार साँझ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेगरी कार्यसूची मिलाइएको छ । सोही दिन बिहान प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच द्विपक्षीय वार्ता हुने तय भएको छ । दुई देशका प्रधानमन्त्रीबिच आपसी हित, विकास साझेदारीका साथै भावी सहकार्यका विविध आयाममा छलफल हुने छ । सोही दिन दिउँसो दुई देशबिच बिआरआई सम्बन्धित विविध परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीका साथमा उहाँकी श्रीमती राधिका शाक्य साथ जाने छिन् ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी रहनने छन् । प्रधानमन्त्री ओली मङ्सिर २० गते नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

‘हस्ताक्षर गर्न नेपाल तयार’

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्नेगरी नेपाल तयार भएको छ । चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेर निक्र्योलमा पुगेको हो ।

कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा रहेका थिए ।

कार्यदलका सदस्य पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाका अनुसार चीनले गरेको प्रस्तावमा छलफल गरेर अन्तिम टुङ्गो लगाइएको छ । बिआरआई फ्रेमवर्कका नाममा नेपालले सन् २०१७ मा प्रमुख सम्झौता गरेको हुनाले बिआरआई फ्रेमवर्ककै नामको कार्ययोजनामा हस्ताक्षर गर्न नेपाल तयार भएको उनले जानकारी दिए ।

उनले भने, “हामीले प्रमुख एमओयुमा बिआरआई फ्रेमवर्कका नाममा हस्ताक्षर गरेका थियौँ, त्यसैले त्यही नामको कार्ययोजनामा हस्ताक्षर गर्नेगरी प्रस्ताव गरेका छौँ ।” प्रस्तावहरूका सवालमा सम्झौताको ठुलो असर नपर्ने गरी केही सामान्य संशोधनहरू भएको औँल्याउँदै उनले निर्वाध सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गर्नुभयो । नेपालले संशोधनसहित दस्ताबेज पठाइसकेको छ ।

लिखित जवाफ आइसकेको भने छैन । तथापि परराष्ट्रमन्त्री डा. आरजु राणाले त्यसको प्रस्ट जानकारी चीनका विदेशमन्त्री वाङ यीलाई द्विपक्षीय भेटका क्रममा दिएकी छन् । त्यस भेटवार्ताको ‘बिफ्रिङ’ उनले फर्केपछि गरेअनुसार पनि हस्ताक्षर सहज हुने अपेक्षा राखिएको खतिवडाले बताए ।

उनले थपिन्, “चीनले संशोधन केही भए सुधार गर्नु भनेरै पठाएको थियो, स्विका¥यौँ, हाम्रो पाटोमा आपसमा मिलेर सहमतिमै टुङ्ग्यायौँ, केही सुझावहरू पनि दिएका छौँ, हस्ताक्षर गर्दा आपसी समझदारीमा नै हुने हो, त्यो हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।”

आफ्ना कुरा राख्न भनेर चीनले नै सुझाएको हुनाले त्यसमा विवाद गरिरहनुपर्ने कुरा नरहेको पनि उनले प्रस्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?