Butwal Today

स्थानिय तह उपनिर्वाचन: ४५ प्रतिशत खस्यो मत

१६ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो ।

निर्वाचन आयोगका अनुसार यस ६ घण्टाको अवधिमा करिब ४५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । उसका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् ।

तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।