Butwal Today

रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी

१६ मंसिर २०८१, आइतबार
अ+
अ-

बुटवल, १६ मंसिर ।

रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन्।

आइतबार भएको उपचुनावको मतगणना अनुसार उनी ६४३ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।

एमालेका बेमग पुनले ५३५ मत ल्याए। सो वडामा माओवादी केन्द्रका नरेशजंग सिंहले जम्मा ७० मत पाएका छन्। उनी तेस्रो स्थानमा रहे।

दुई वर्षअघिको स्थानीय चुनावमा यस पदमा कांग्रेसकै टंकबहादुर गुरुङले जितेका थिए। उनको निधन भएपछि उपचुनाव भएको हो।

त्यतिखेर तेस्रो भएको माओवादीका शिवलाल रोकाले २ सय ३ मत पाएका थिए। यहाँ कांग्रेस र एमाले दुवै दलले मत बढाएका छन्। यसअघि कांग्रेसको मत ४८८ थियो भने एमालेको मत ४८० थियो। त्यतिखेर एमालेका उम्मेदवार बेगम पुन नै थिए।