Butwal Today

यु–१९ एसिया कपः नेपालले टस जितेर ब्याटिङ गर्दै

१६ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

युनाईटेड अरब इमिरेट्स (युएई) जारी यु–१९ एसिया कपमा नेपालले टस जितेको छ ।

बंगलादेशविरुद्ध खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु भएको छ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउन हरसम्भव प्रयास गर्नेछ।

एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्  भने समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।  समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

नेपाली युवा टोली – हेमन्त धामी (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?