Butwal Today

अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु

१६ मंसिर २०८१, आइतबार
अ+
अ-

जितपुर, १६ मंसिर ।

कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका– १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।

विंगरमा सवारमा यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाणगंगा १ बस्ने बर्ष ६१ को पशुपति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।उनी सडकमा पैदल हिडिरहेका थिए ।

अस्पताल ल्याइ पुग्दानै घाइतेको बाटोमै मृत्यु भएको पिपरा अस्पतालले जनाएको छ । विगंर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।