© २०२३
दाङ, १६ मङ्सिर ।
प्रहरी चाैकी उरहरीकाे भान्साघरकाे उदघाटन गरिएकाे छ । तुलसीपुर उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उदघाटन गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाकाे चार लाख ९५ हजारकाे लागतमा तीन काेठे भान्से घरकाे निर्माण गरिएकाे हाे । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र र हेका प्रहरी युनिटमा जग्गा प्राप्त भएका स्थानमा आवश्यक संरचना निर्माण गरिने बताए ।
उनले जग्गाप्राप्तिका लागि स्थानीय सरकारकातर्फबाट आवश्यक सहयाेग गरिने बताए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीकाे सहकार्यमा अपराध नियन्त्रण गर्न सकिने बताए । उनले जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेकाे र ११ वटाकाे जग्गा प्राप्ति भएपनि भवन निर्माण गर्न साधनस्राेतकाे अभाव रहेकाे बताए । उनले देशभर ३४ हजार जिल्लामा चार सय जनशक्ति अभाव रहेकाे बताए । स्थानीय द्राेण बस्नेतले प्रहरी चाैकीमा शाैचालय र गाेलघरकाे आवश्यकता रहेकाे बताए ।
उनले समुदायबाटै निर्माण सुरु गरिएकाे प्रहरी चाैकी थप संरचना निर्माणमा स्थानीय सरकारकाे सहयाेग सकारात्मक रहेकाे बताए प्रहरी चाैकी उरहरीका प्रमुख भरतनाथ याेगीेले तीन काेठे भवनमा भान्सा मात्र नभइ विपदकाे समयमा राहत सामग्री व्यवस्थापन,निर्वाचनकाे समयमा निर्वाचन सामग्रीसमेत व्यवस्थापन गर्न सकिने बताए ।
सामाजिक विकास समितिका संयाेजक एवम ११ वडाध्यक्ष मानबहादुर रावत,वडा न १० वडाध्यक्ष यमराज केसी,महिला नेतृ सुष्मा गिरी लामिछानेलगायतकाले बोलेका थिए कार्यक्रममा प्रहरी चाैकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्ने तेजबहादुर बुढाथाेकी र तीन कठ्ठा जग्गादाता दान गर्नुहुने मानबहादुर बस्नेतलाई सम्मान गरिएकाे थियाे ।।।