ट्रेंडिंग:

>> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता

एचआईभी संक्रमितको संख्या उकालो लाग्दैै

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

बाँके, १६ मंसिर ।
बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा १०१ जना एचआईभी संक्रमित फेला परेका छन् । १० हजार ७ सय ५९ जनामा परिक्षण गर्दा १०१ जनामा एचआईभी संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका एचआईभी फोकल पर्सन रविन्द्र साहले बताए ।
फोकल पर्सन साहले आर्थिक वर्ष २०७९/०८० मा १७ हजार ३ सय २८ जनामा परिक्षण गर्दा १०९ जनामा संक्रमण देखिएको जानकारी दिए ।
संक्रमितहरूले भेरी अस्पतालबाट एआरटी सेवा लिँदै आएका छन् । भेरीको एआरटी सेन्टरबाट अहिले ५ सय ८८ जनाले नियमित सेवा लिरहेको छन् । आर्थिक वर्ष २०८०/०८१ मा ७९ जना एआरटी सेवा लिने थपिएको उनले बताए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार सन् २०२३ सम्म नेपालमा ३० हजार ३ सय एचआईभी संक्रमित रहेको उल्लेख छ । भेरी अस्पतालमा सन् २००४ बाट एआरटी कार्यक्रम सुरु भएको एआरटी काउन्सिलर इन्द्र सैनीले बताए । हालसम्म यो सेन्टरबाट १ हजार ७ सय १२ जनाले सेवा लिएका छन् । भेरी अस्पतालबाट संक्रमित ७ जना आमाले नेगेटिभ स्वस्थ बच्चा जन्माएका छन् ।
एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले फाउन्डेसनले एचआईभी संक्रमितहरूको प्रभावकारी उपचार र रोकथामका सवालमा काम गर्दै आएको बताए । फाउन्डेसनले भेरी अस्पतालको एआरटी सेन्टरमा सन् २०१७ जुलाइदेखी काम गर्दै आएको छ ।
कार्यक्रममा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा. संकेत रिसालले एचआईभीको अवस्था, यसका लक्षण चिन्ह, जोगिने उपाय र सचेतनाका सवालबारे जानकारी गराएका थिए ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले एड्स अन्त्यका लागि सचेतना अझै पनि जरुरी रहेको बताए । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पछिल्लो समय एचआईभीको मुद्दा कमजोर भैरहेको बताए । उनले सरकारको प्राथमिकतामानै एचआईभीको मुद्दा नपरेको बताए । तीन तहको सरकार भएपनि संघीय र प्रदेश सरकारले एचआईभीको क्षेत्रमा बजेटनै नछुट्याएको बताए । ‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भोलि ३७ औं विश्व एड्स दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?