ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

३७औँ विश्व एड्स दिवसमा बुटवलमा सचेतना रयाली

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

बुटवल, १५ मंसिर । ३७ औँ विश्व एड्स दिवस (डिसेम्बर १) को अवसरमा बुटवलमा वृहत सचेतनामुलक रयाली गरिएको छ । ‘अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार’ नारासहित अक्सबृज ईन्टरनेश्नल एकेडेमीको आयोजनामा आईतबार सचेतनामुलक रयाली गरिएको हो । कालिकानगर एकेडेमी परिसरबाट निस्किएको रयाली राजमार्ग चौराहामा आएर कोणसभामा परिणत भएको थियो । रातो रिबनसहित सहभागिहरु विभिन्न ब्यानर, प्लेकार्डसहित सहभागी रहेका थिए ।

कार्यक्रममा एकेडेमीका कार्यवाहक अध्यक्ष गोबिन्द खनालले एचआईभीको बारेमा लामोसमयदेखि सरोकारवालाहरु सचेतनामा लाग्दा सकारात्मक प्रभाव परेको बताए । ‘अहिले यो घट्दो रहेको छ ।’—उनले भने । सरकारी तथ्याक अनुसार एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको उनले बताए । नेपालमा एचआइभीको प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको भन्दै उनले यौनजन्य क्रियाकलापमा अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण रोक्न सचेतना जरुरी रहेको बताए । नेपालमा एचआइभी सङ्क्रमितहरू उपचारात्मक अनि परामर्शत्मक सुविधातर्फ धेरै पछि खुल्न र जान लागेको उनले बताए । विज्ञानको आविष्कार र विकासबाट हरेक समस्याको समाधान निकाल्ने युगमा यसको पनि निवारण सम्भव भएको उनले बताए ।

कार्यक्रममा एकेडेमीका निर्देशक डिपि खनालले नेपालका ग्रामिण भेगका परिवारहरु अन्जानमै एचाईभी संक्रमण भएको धेरै घटनाहरु रहेको भन्दै खुला सिमाना र जोखिमपूर्ण यौन क्रियाकलापमा युवाहरुको संलग्नता कारणको रुपमा देखिएको बताए । धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू समाजभित्रै रहेको र उनिहरुलाई उचित शिक्षा अनि सहज जीवनयापन सुनिश्चित सरकारको दायित्व भएको उनले बताए ।
कार्यक्रममा बुटवलटुडे अनलाइनका सहसम्पादक स्वस्तिक श्रेष्ठले समुदायका सबै सरोकारवालाहरुको कारण नै पछिल्लोसमय सकारात्मक नतिजा आएको बताए । स्थानिय स्तरमा संघसंस्थाहरुको अगुवाईमा गरिने सचेतनामुलक कार्यक्रम धेरै प्रभावकारी हुने भन्दै उनले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा संक्रमितहरुदाई निःशुल्क वितरण गरिने सेवाहरु सरल र सहजतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थी सुरक्षा नेपालीले एचआइभी र एड्स दुइटा भिन्न भएको भन्दै एचआइभी एउटा भाइरस र जसको कारणले एड्सको अवस्थामा पुग्ने हुदा यस्ता सामान्य विषयमा समेत जानकारी समुदायमा दिन जरुरी रहेको बताईन । एचआइभीलाई अहिले संसार भरि सङ्क्रमणका रूपमा हेरिने समेत उनले बताइन ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?