ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

दमक, १६ मंसिर ।
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारी यसपटक नेपाल आइन् । काठमाडौं उत्रिएर सिधै झापा आएकी सोनियाले भोलिपल्टै भुटानी शरणार्थी शिविर बेलडांगी र पथरी पुगेर परिवार र आफन्तहरूलाई पनि आश्चर्यमा पारिन् ।
उनले दुबै शिविरमा गरेर बृद्ध बृद्धा र अशक्तहरूलाई ४ सय थान न्यायो कम्बल वितरण गरिन् भने शिविरमा बसोबास गर्ने विद्यार्थीहरूलाई १७ सय थान शैक्षिक सामग्री वितरण गरिन् । उनले एकल महिलाका लागि पनि कम्बल छुट्याएकी थिइन् ।
“मलाई यहाँ आएर सहयोग गर्न मन थियो त्यो पनि आफैंले जम्मा गरेको रकमले,” उनले सहयोग हस्तान्तरणको बेला छोटो मन्त्यव्य राख्दै भनिन्, “केही बर्षदेखि नै खाजा खर्च, दशैं, तिहार, जन्म दिन र अरू अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिएँ त्यो रकम मलाई अन्यत्रभन्दा यहाँका शिविरहरूमा सहयोग गर्न मन लागेर आएकी हुँ ।”
उनी विद्यालयबाट एकसाताको मात्र विदा लिएर नेपाल आएकी हुन् । १२ कक्षामा अध्ययनरत उनले विगत केही बर्षदेखि नै रकम जम्मा गरेर राखेकी रहिछन् । उनको इच्छा आफ्नो १८ औं जन्म दिनको अवसरमा केही गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक उनी नेपाल आएकी थिइन् । न्यानो कम्बल र शैक्षिक सामग्री गरेर लगभग १४ लाख रूपैयाँको सामान उनले किनेर वितरण गरिन् ।
नर्सरी कक्षादेखि ३ कक्षासम्मका वालवालिकालाई दुई पेन्सिल, दुई इरेजर, दुई सार्पनर, दुईवटा सय पेजका कापी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाइन् र वितण गरिन् ।
त्यसैगरी ४ देखि १० कक्षासम्मका लागि दुईवटा सय पेजका कपी, ज्यामिति बक्स, दुईवटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीहरूलाई ठूलो साइजका दुईवटा नोटबुक, दुईवटा डट पेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेकी थिइन् । सबै बालवालिकालाई उनले चकलेट पनि वितरण गरिन् ।

अति आवश्यकता परेको समुदायमा सहयोग गर्न पाउँदा उनले खुसी व्यक्त गरिन् । उनी पनि झापाको टिमाई शरणार्थी क्याम्पमै जन्मेकी थिइन् । आफ्नो पृष्ठभूमिबारे उनले छोटोमा भनिन्, “म डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी हुँ । चारबर्षको हुँदा यहाँबाट अमेरिका गएकी थिएँ । यसअघि नेपाल आउँदा म सानै थिएँ यसपल्ट स्कूलबाट विदा लिएर आएँ । अहिले १२ कक्षा पढ्दै छु ठूलो भएपछि म डाक्टर बन्न चाहान्छु । म फेरि फेरि पनि नेपाल आएर सहयोग गर्न चाहान्छु ।”

उनका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व मानिन्छन् । पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लागेका उनले आफ्नै नेतृत्वमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोले संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेका छन् ।
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरूमार्फत संसारभरका नेपाली जातिलाई नेपालसंग जोड्ने उनको उदेश्य छ । त्यसैगरी शिविरहरूमा बसोवास गर्ने बृद्धबृद्धा र असक्तहरूलाई मासिक ५ हजार रूपैयाँ जीवन निर्वाह रकम पनि उनले वितरण गर्दै आएका छन् । दमक नगरपालिका र पथरी नगरपालिकाका लागि दुईवटा एम्बुलेन्स, दुवै शिविरहरूमा स्वास्थ्य चौकीको व्यवस्था पनि अधिकारीले गरेका छन् ।

त्यसैगरी शिविरका विद्यार्थीहरू पढ्ने झापा र मोरङका विद्यालयमा ३० जना शिक्षकहरूको तलब पनि फाउण्डेसनले पनि व्यहोर्दै आएको छ । शिविरहरूमा पिताले गरेको परोपकारी कामबारे बारम्बार सुन्ने गरेकी सोनियाले पनि जम्मा गरेको रकमलाई शिविरमै खर्च गर्न पाउँदा खुसी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?