Butwal Today

कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते

१६ मंसिर २०८१, आइतबार
अ+
अ-

जितपुर, १६ मंसिर ।

कपिलवस्तुको बाणगंगा १ बैरियामा आइतबार विङ्गर दुर्घटना भएको छ । बुटवलबाट जितपुर तर्फ आउँदै गरेको लु १ ज ३०६६ नम्बरको विङ्गर एक व्यक्तिलाई ठक्कर दिएर अनियन्त्रित भई पल्टिएको हो । घटनामा ठक्करबाट घाइते भएका व्यक्तिको अवस्था गम्भीर रहेको र उनीको पहिचान खुलेको छैन ।

प्रहरीका अनुसार, विङ्गरमा सवार सबै यात्रु सकुशल छन्, तर ठक्करबाट घाइते भएको व्यक्तिको अवस्था गम्भीर छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ, र घाइतेको उपचारको लागि अस्पताल पठाइएको छ ।