ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव निरन्तर चल्व्छ: अर्थमन्त्री

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

बुटवल, १५ मंसिर ।

गौतमबुद्ध विमानस्थल राम्रोसंग चल्ने दावी गरेका छन् । उनले विमानस्थल चल्दैन भन्नेहरुलाई अहिले जवाm पुगेको भन्दै आईएलएस प्रविधीको विकल्पमा अरु प्रविधि ल्याएर भएपनि निरन्तर चलाउने बताए । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले औद्योगिकरणमा फड्को मार्न नसकेको बताएका छन् ।

शनिबार बुटवलमा आयाेजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगिकरणमा फडको मार्न नसक्नु कमजोरी भएको स्वीकार्दै अब तीब्र गतिमा औद्योगिकरणमा जानुपर्ने बताए ।

सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसंग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै पौडेलले स्थानीयले जोतभोग गरिरहेको र वस्ती रहेको क्षेत्र छाडेर भएपनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताए ।

औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भागाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो । तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब तीन सय बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेर विरोध गरेका थिए ।

स्थानीयको विरोधका बीच शिलान्याश भएको तीन वर्षसम्म पनि औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । ‘अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरुलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ’–अर्थमन्त्री पौडेलले भने–‘औद्योगिक क्षेत्रहहरु निर्माण र सञ्चालनले उत्पादन बढाएर तथा रोजगारी सिर्जना गरेर मात्रै देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ ।’

अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दावी गर्दै अर्थमन्त्री पौडेलले उद्योगीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । अहिलेको जस्तो स्थिर सरकार अहिलेको संसदको अंकगणितले दिन नसक्ने भएकाले यसको लाभ उद्योगी व्यवसायीले लिन सक्नुपर्ने पौडेलले सुझाए ।

सरकारले अर्थतन्त्र सुधारका लागि विज्ञहरुको आयोग बनाएर उनीहरुका सुझावका आधारमा अघि बढेको र आउने नीति तथा कार्यक्रम र बजेटमा त्यसको प्रतिफल देखिने बताए ।

‘आर्थिक सुधार सुझाब आयोग र निजी क्षेत्रको सुझावका आधारमा नीति कार्यक्रम र बजेट बन्छ, हामी सरकारमा आउँदा अर्थतन्त्रमा समस्याका चाङ थिए,राजस्व चुहावटका बेथिति थिए ती सबै क्रमशः सुधार गर्ने दिशामा सरकार छ’–उनले भने ।

उनले निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार नहुने बताए । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल सञ्चालनका लागि समिति बनाइएको र कार्यविधी बनाएर छिटै सञ्चालनमा ल्याउने उनले बताए ।

ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्न विद्युत प्राधिकरणले खपत गरेको विद्युतको दिल दिनुपर्ने र उद्योगीले बिल अनुसार भुक्तानी गर्नु वाहेक अरु विकल्प नभएको अर्थमन्त्रीले स्पष्ट पारे । उनले गौतमबुद्ध विमानस्थल राम्रोसंग चल्ने दावी गर्दै आईएलएस प्रविधीको विकल्पमा अरु प्रविधि ल्याएर भएपनि चलाउने बताए ।

अर्थमन्त्री पौडेलले विमानस्थल चल्दैन भनेर नबोल्न र नलेख्न निर्देनात्मक शैलीमा आग्रह गरे । ‘विगतमा बन्दैन भन्थे, बनेपछि चल्दैन भन्छन् तर राम्ररी चल्छ, विदेशमा पनि बन्ने वित्तिकै विमानस्थल नचलेका उदाहरण छन्’–उनले भने–‘त्यसैले विमानस्थल चल्दैन भनेर कसैले पनि लेख्ने होइन, बोल्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?