ट्रेंडिंग:

>> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा

मुख्यमन्त्रीसँग गीत संगीत र कला पारखीहरूको भलाकुसारी

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

मुख्यमन्त्रीको मोबाईलमा घण्टी बजिरह्यो तर उनले उठाएर कुरा गरेनन् । उनको ध्यान एकोहोरो कलाकारका गीत, संगीत सुन्नतिरै केन्द्रीत रह्यो । संगीतकार सुरेश सेञ्जुरीले हार्मोनियम बजाई रहे । तबला वादकले गीत, संगीतको लय समाते । सरिता पन्थी सुनार र वसन्त खनालले आफ्ना स्वर पोखे गीतमा । सायद उनीहरूका कोकिल स्वरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको मन खिचिरह्यो । मंसिर १४ गते, शुक्रवार विहानको समय थियो । सधैं भौतिक विकास निर्माणका कुरा, शिलान्यास, उद्घाटन, गोष्ठी, सेमिनार, तालिम र बैठकमा व्यस्त रहने मुख्यमन्त्री यसपाली सुरेश सेञ्चुरीको संगीतमा झुले । संगीतले सबैको मन खिच्दोरहेछ । दुःख, पीर बिसाउने चौपारी नै गीत, संगीत रहेछ । सधैंको दौडधूप, तनावलाई थाँती राखेर मुख्यमन्त्रीले कलाकारका गीत, संगीत सुन्नका लागि जुन समय उपलब्ध गराए, यसले नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री संगीतप्रेमी रहेछन् भन्ने कुराको थप प्रमाण जुटायो ।
लेखक तथा साहित्यकार डीबी गुरुङले लुम्बिनी प्रदेश सरकारको सय दिनको उल्लेख गर्दै शब्द, रचना गरेका थिए । सरकारले सय दिनमा गरेका र पक्रेको कार्यदिशालाई मध्यनजर गरेर उनले गीतमा सार खिचेका थिए । सुशासनका लागि सरकारले आफ्नो अभियान सञ्चालन गरेको, भ्रष्टाचारलाई न्यूनीकरण गर्न भूमिका निर्वाह गरेको र प्रदेशले कृषि, उद्योग र पर्यटनलाई आधार बनाएर आत्मनिर्भर प्रदेश बनाउने योजना तयार पारेको समेत गीतमा समाविष्ट गरेका छन् । त्यतिमात्र होइन,उनले गीतमा प्रदेश सरकार शिक्षा, स्वास्थ्य र रोजगार उन्मुख हुनुपर्ने र सोही अनुरूप अघि बढ्दै स्थायी र दीगो प्रदेशका लागि अघि बढ्न सन्देश समेत दिएका छन् । चारैतिरबाट प्रदेश चाहिन्न भन्ने कुरा आइरहेको बेला प्रदेशलाई दीगो र स्थायी बनाउँदै जनताको सरकार र दैलोको सरकार प्रदेश सरकार हो भन्ने खालको औचित्यता प्रमाणित गर्नका लागि समेत प्रदेश सरकारलाई घच्घाएका छन् ।
गीतको एउटा अन्तरामा गुरुङले लेख्छन् –
स्वास्थ्य, शिक्षा, रोजगारमा, जनताको सरकार बनोस् ।
प्रदेशलाई दीगो राखी, सधैंभरि अघि बढोस् ।
विकासका अनेकौं विकल्प र सम्भावना रहेको लुम्बिनी प्रदेशले समृद्ध लुम्बिनी : सुखी नागरिकको संकल्प बोेकेको छ । यो उसको नारा हो । यसलाई साकार बनाउन यसले हरप्रयास जारी राखेको छ । ओठेभजन गाएरमात्र समृद्धि नआउने कुरामा मुख्यमन्त्री ढुक्क छन् । त्यसैले उनी प्रदेशको नीति, योजना, कार्यक्रम, कार्ययोजना तयार गरेर कार्यान्वयनको मार्गमा दिनरात नभनी दौडिरहेका छन् । परिणामको खोजीमा छन् । असल कर्मको परिणाम फलदायी हुन्छ भन्नेमा मुख्यमन्त्री अति नै विश्वस्त छन् ।
त्यसैले गीतको अर्को अन्तरामा भनिएको छ –
विकासका छन् यहाँ, अनेक विकल्प
समृद्ध र सुखी नागरिक हाम्रो संकल्प
यही हो नारा हाम्रो
समृद्ध लुम्बिनीः सुखी नागरिक ।
साविकका लुम्बिनी, भेरी र राप्ती अञ्चल जोडिएर बनेको लुम्बिनी प्रदेश सरकारले भाषा, कला, साहित्य, संस्कृतिमार्फत यहाँको एकीकृत भाव र मनोविज्ञानलाई जोड्नका लागि प्रज्ञाप्रतिष्ठान गठन गरी अघि बढ्ने योजना रहेको माननीय मुख्यमन्त्रीले कलाकारहरूलाई जानकारी गराउँदै थिए । त्यसोभन्दा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले समर्थनको टाउको हल्लाए । उनले मुख्यमन्त्रीलाई धन्यवाद दिदैं प्रज्ञा प्रतिष्ठान गठनका लागि छिट्टै ऐन ल्याउन अनुरोध समेत गरे ।
गीतमा रागश्री संगीतालयका सञ्चालक एवम् विगत ३५ वर्षदेखि गीत, संगीतमा लागिपरेका सुरेश सेञ्चुरीले संगीत भरेका थिए । अनगिन्ती गीतहरूमा संगीत भरेका उनले लुम्बिनी प्रदेश सरकारको सकारात्मक कामको प्रचारका लागि गीत गाउन पाउँदा खुसी लागेको उल्लेख गरे । आफूहरू तटस्थ रहेर गीत, संगीतमार्फत राम्रो कामको बयान गर्न र प्रचार गर्न नचुक्ने बताए । सोही क्रममै युवा साहित्यकार रामचन्द्र श्रेष्ठले भूगोल र भावनालाई समेटिएको गीत रहेको बताउँदै राम्रो कामको प्रचारप्रसारका लागि गीत, संगीतलाई माध्यम बनाउनु उत्तम र आवश्यक रहेको सुनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय एवम् नेकपा एमाले, लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठको खास उपस्थिति थियो । उनले कलाकारहरूको कलालाई सम्मानमात्र होइन, जिउन र जाग्न दिनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग रहने बताए । गीतको सम्पादन, लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री सचिवालयका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले गरेका थिए । उनले भने– छोटो समयमै लुम्बिनी प्रदेश सरकारले केही जनमुखी र प्रभावकारी काम गर्छ कि भन्ने संकेत देखाएको छ । सुशासनका केही मार्ग कोरेको छ । सरकार अघि जाने बाटो लिइरहेको सबैले आभास गरेका छन् ।
गीतको शीर्षभागमा यसरी भनिएको छ–
समृद्धिको मार्ग देखायो, सुशासनको सन्देशले
अघि जाने बाटो लियो, लुम्बिनी प्रदेशले ।
करिव चार मिनेटको गीत, संगीत र बाँकी १५ मिनेट बुटवल क्षेत्रको साहित्य, कला, संस्कृतिका गतिविधिहरू सुनेपछि कलाकारहरूलाई माननीय मुख्यमन्त्रीले हार्दिकता प्रकट गर्दै धन्यवाद् दिए । कलाकारका हौसलाका लागि आफूसँगै फोटो खिचेर विदा समेत गरे । कलाकारहरूले विदा हुँदै बाहिर निस्केपछि भने–मुख्यमन्त्रीको हार्दिकता र सुन्ने धैर्यताप्रति नतमस्तक छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?