ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

खुल्यो लुम्बिनी चिनी उद्योगको ताला

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

नवलपरासी, १५ मंसिर ।
स्थानियबासीले उद्योगको प्रदुषण न्युनिकरणको माग गर्दै लुम्बिनी चिनी उद्योगमा लगाएको ताला जिल्ला प्रशासन कार्यालयले सहमति गराई खुलाएको छ । जिल्लाको सुनवल नगरपालिका स्थित लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै उद्योगमा गरिएको तालाबन्दी जिल्ला प्रशासन कार्यालयले प्रदुषण पिडित स्थानियबासी,जनप्रतिनिधि र उद्योग प्रशासनसँग संयुतm छलफल गराई तालाबन्दी खुलाएको हो ।
बर्षेनी प्रदुषण न्युनिकरण गर्ने प्रतिवद्धता जनाउने तर काम गर्ने आरोप लगाउदै स्थानियहरू आन्दोलित बनेका स्थानियले तालाबन्दी गरेका थिए । चिनी मिलको बढदो प्रदुषणले स्थानियको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसंग माग गर्दै सुनवलबासी आन्दोलित बनेका थिए । अहिले उद्योग ब्यवस्थापन र स्थानिय विच प्रदुषण प्लान्ट जडान गर्ने सर्तमा तालाबन्दी खोलाइएको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले बताए । स्थानियबासीको माग पनि जायज नै रहेको छ, उनले भने, तर चिनी उद्योगमा तालाबन्दी गर्दा उखु किसानलाई मर्का पर्ने हुदा अहिलेलाई तालाबन्दी खोलेर उद्योग सञ्चाल गर्न दिईने र प्रदुषण नियन्त्रणका लागि उद्योग ब्यवस्थापनले प्लान्ट जडान गरि उद्योग प्रदुषण घटाउने सहमति भएको हो । यसका लागि जनप्रतिनिधि र स्थानिय प्रशासनले समेत निरन्तर अनुगमन गर्ने,प्रदुषण नियन्त्रणका लागि पहल गर्ने पनि छलफल भएको थियो ।
सुनवलका स्थानिय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरि आन्दोलन गर्दै आएका थिए । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चिन सरकार बिच भएको सम्झौता अनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि संचालनमा रहेको चिनी मिल २०६२ सालमा निजिकरण भए देखि झनै प्रदुषणको अवस्था बढदै गयो । चिनी मिल संचालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको छ भने डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारीरहेको भनाई स्थानियबासीको रहेको थियो ।
चिनी मिलले विगत बर्षदेखि नै मिलबाट प्रदुषण न्युनिकरणका लागि पटक पटक विभिन्न सहमति सम्झौता गरे पनि हालसम्म कार्यान्वय गरेको छैन । मिल संचालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनिकरणका लागि कुनै उपाय नअपनाउदा हामी सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको छ । विगतका सम्झौता उद्योग ब्यवस्थापनले पुरा गर्नु पर्छ । मिलले प्रदुषण न्युनिकरण नगरि मिल चलाए चलाउन नदिने भन्दै तालाबन्दी गरेका थिए । आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमुलक कार्यहरू गर्ने चेतावनी दिएका थिए ।
८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरि ३ वटा कारखाना संचालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरूमा बस्ने र सुखाउने कपडामा टाँसिएर फोहोर हुनुका साथै स्वास लिन समेत अप्ठयारो बनाएको छ भने उता डिस्टिलरीबाट निस्किने प्रदुषित पानी सिधै खोलामा मिसाउदा बजारनै दुर्गन्धित हुदै खोलाको जलचर से नष्ट समेत गरेको आरोप छ । चिनीमिलबाट पालिकाको वडा १,३,४ र ६ प्रत्यक्ष मारमा छ भने यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् । यता उद्योगले प्रदुषण गरेको भन्द्र प्रत्येक बर्ष संघर्ष समिति बनाउने पछि सहमति गरि उद्योग सञ्चालन गर्न दिईने केही स्वार्थ समुहका कारण अहिलेसम्म प्रदुषण न्युनिकरण हुन नसकेको एक स्थानियले बताए ।
संघर्ष गर्ने नाटक देखाउने पछि बाहिर एक प्रकारको सहमति देखाउछन्,उनले भने,भित्र कसैले उद्योगमा आफ्ले ढुवानी गर्ने ट्याक्टर चलाउने र कसैले आफ्नो मान्छेलाई काम मिलाई दिने गरेका छन् । कोही कोहीले केही आर्थिक लाभ लिएर आन्दोलन तुहाउने खेल पनि हुदै आएको उनको आरोप थियो । अहिले पनि सहमति भएको छ,उनले थपे हेर्दै जाउ त्यो सहमति कहिले पुरा हुन्छ ? प्रत्येक बर्ष उखु क्रसिगँको बेला त्यस्ता नाटकिय आन्दोलन हुने गरेको भनाई उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?