ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मतदाताले धैर्य र विवेक पु¥याउने बेला

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

यही मंसिर १६ गते आईतबार हुन गैरहेको उपनिर्वाचनका लागि विहिवार राती १२ बजेदेखि मौन अवधी सुरु भैसकेको छ । दलहरूले अन्तिम चुनावी सभा विहिवार सम्पन्न गरेका छन । यो उपनिर्वाचन कुन दलको उमेदवार चुन्ने वा छनोट गर्ने बिषयमात्रै महत्वपूर्ण होइन, २०८४ मा हुने स्थानीय तथा आमनिर्वाचनको पूर्व मत सर्वेक्षण पनि हो । उपनिर्वाचनकै सन्दर्भमा हाम्रो सामाजिक, आर्थिक विकासका चुनौती र विकासको मोडलबारे बहस गर्ने अवसर पनि हो । उपनिर्वाचनमा होमिँदै गर्दा दलहरूले राजनीतिक एवं वस्तुगत परिस्थिति र अवस्थाको सही ढंगले विश्लेषण गर्नु जरुरी छ । यो उपनिर्वाचनपछि मत परिणामले ल्याउन सक्ने खतरा एवं चुनौतीको सामना गर्दै अवसरलाई ‘क्यास’ गर्न उचित योजना, रणनीति बनाउनु दलहरूको काँधमा छ । निर्वाचित जनप्रतिनिधिलाई जनताले आफ्नो सार्वभौम अधिकार सार्वजनिक हितका लागि प्रयोग गर्न मतदानमार्फत प्रत्यायोजन गरेका हुन्छन । यस्तो अधिकारको प्रयोग जनप्रतिनिधिले व्यक्तिगत हित र स्वार्थका लागि प्रयोग नगरोस् भन्ने अपेक्षा आम नागरिकको हुन्छ । अधिकारको दुरूपयोग नहोस् भन्नाका खातिर मतदाताले सक्षम, योग्य र इमानदार उम्मेदवार को छ भनी थाहा पाउनु उसको अधिकार हो । उम्मेदवारको विगतको पृष्ठभूमि, अनुभव, समाजसेवामा योगदान, उसको आय वैध वा अवैध के हो ? यी धेरै कुराको नागरिकले लेखाजोखा गर्न पाउनुपर्छ । तसर्थ मतदाताले यो उपनिर्वाचनबाट योग्य उमेदवार छनौट गर्नेछन् भन्ने विश्वास गरिएको छ ।
मतदाताले कस्तो योग्यता, क्षमता भएको उम्मेदवारलाई मतदान गरी निर्वाचित गराउने भन्ने कुरा मतदाताको विवेकमा निर्भर रहन्छ । निर्वाचनमा मतदाताले जस्तो उम्मेदवारलाई मतदान गरी निर्वाचित गर्छौं त्यस्तै शासन पाउँछौँ । तसर्थ मतदाताले पछि पछुताउनुभन्दा समयमै उचित र विवेकसम्मत निर्णय गर्नु आवश्यक हुन्छ । लोकतन्त्रमा निर्वाचनको माध्यमबाट जनताका प्रतिनिधिहरू चुनिन्छन् र जनताको नाममा जनप्रतिनिधिहरूले शासन प्रक्रियामा सहभागी भई सेवा प्रवाह तथा समृद्धिका लागि कार्य गर्ने मान्यता छ । मुलुकको शासन सञ्चालन गर्ने जनप्रतिनिधिहरू इमानदार, सक्षम, निष्ठावान्, सेवाको भावना, दूरदृष्टि, न्याय दिन सक्ने तथा विवेक भएका, स्वार्थरहित भावना भएका उद्देश्यवान् र प्रतिबद्ध हुनुपर्छ । त्यस प्रकृतिका गुण भएका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउनुपर्छ र त्यस किसिमका गुण भएका व्यक्तिलाई जनताले पनि विवेक प्रयोग गरी छनोट गर्नुपर्छ । जनताका प्रतिनिधि एवं उम्मेदवार र नेतृत्वकर्तामा महत्वपूर्ण योग्यता एवं गुण हुनुपर्छ । राजनीतिक दलहरूले पनि नागरिकको चाहना र अपेक्षा अनुरूप उम्मेदवारको छनोट गर्नुपर्छ । हाम्रा होइन राम्रा उम्मेदवार चयन गर्नुपर्छ । मतदाताहरूको पनि आफ्ना कर्तव्य र दायित्वहरू छन । नागरिकले विवेक पु¥याउनुपर्ने विषयहरू पनि छन् । समाजमा सदाचार, निष्ठा, इमानदारिता तथा अनुशासनको पालना गरी समाजमा ख्याति आर्जन गरेका उच्च नैतिक चरित्रवान् उम्मेदवारलाई मतदाताले छनोट गर्ने वातावरण सिर्जना हुनुपर्छ । अवको दिनमा उम्मेदवार मात्र थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ । राम्रो व्यक्ति उम्मेदवार छनोट भई निर्वाचित भएमा जनताको हितमा धेरैभन्दा धेरै काम भई समस्त समाज नै लाभान्वित हुन्छ । उम्मेदवारहरूप्रतिको असन्तुष्टिका कारण नागरिक मतदान गर्न जान मन नलाग्ने अवस्था सिर्जना हुन दिनु हँुदैन । यस विषयमा मतदाता सचेत हुनु जरुरी छ । पैसामा उम्मेदवारको मोलमोलाइ हुने स्थितिको अन्त्य हुनु आवश्यक छ । जुनसुकै दलको उम्मेदवार भए पनि राम्रो उम्मेदवार, नैतिकवान्, निष्ठा भएको कुशल उम्मेदवार मतदाताले चयन गर्नुपर्दछ । निर्वाचनमा कसैको दबाब, प्रभाव एवं प्रलोभनमा नपरी योग्य र इमानदार एवं निष्ठावान् उम्मेदवारलाई मतदाताले छनोट गर्न सक्नुपर्छ । हाम्रो होइन, राम्रो र योग्य उम्मेदवार छनौटमा मतदाताले विवेक प्रयोग गर्ने बेला आएको छ । अव नातावाद, कृपावाद, धनवाद, डनवाद भन्दा माथि उठी निष्ठा, त्याग, असल, इमान्दार राजनीति गर्ने सक्रिय, जुझारु, जनप्रेमी उम्मेदवार जिताउनेतर्फ ध्यान दिनु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?