ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन
गौतमबुद्ध विमानस्थल

अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

भैरहवा, १४ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परिक्षणको काम यहीँबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएको बताएका छन् ।

गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयक छलफल कार्यक्रमलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा उत्साह जगाएको बताउँदै संघीय सरकारलाई यहाँबाट भिसा स्वीकृति, श्रम स्वीकृति र स्वास्थ्य परिक्षणको काम अघि बढाउन आग्रह गरे ।

विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भएको बताउदै उनले सरकारले लगानीमैत्री कानुन बनाउने जानकारी दिए । प्रदेश भित्र सरकारले लगानीको वातावरण वनाउन कुनै कसर बाँकी नराख्ने भनाइ उनको छ । “मन खोलेर लगानी गर्नुस, सरकार वातावरण बनाउन प्रतिबद्ध छ । कानुन बाधक छन् भने हामी त्यसलाई संशोधन गर्न तयार छौं”–उनले भने–“व्यवसायी साथीहरुले उद्योग, व्यवसायमा लगानी गर्नुपर्छ । तर, अहिले साथीहरुले शेयर बजारमा ध्यान दिएको जस्तो लाग्छ । उद्योग, व्यवसायबाट उत्पादन र आम्दानी बढाउन सकिन्छ ।”

विमानस्थल सञ्चालनको लागि लुम्बिनी प्रदेशको सिंगो मन्त्रीमण्डल डेलिगेसन गएको स्मरण गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्रदेश सरकारले पहलकदमी गरेको समेत बताए । ‘जतिबेला हामीले पदवहाली ग¥यौं । त्यतिबेलै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सिंगो मन्त्रीमण्डल नै डेलिगेसन जाने काम भयो । प्रदेश सरकारले पहलकदमी गरिरहेको थियो । पछि संघीय सरकारले त्यो कुरालाई आत्मसाथ गरेर सञ्चालनमा आएको हो’ मुख्यमन्त्री आचार्यले भने,‘अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा नै उत्साह जगाएको छ । त्यो मानेमा प्रदेश सरकार खुशी छ ।’

नियमित उडानका लागि नै विमानस्थलमा जहाज आएको उनले बताए । ‘चल्छ, अब उडान रोकिँदैन ढुक्क हुनुहोस्’ मुख्यमन्त्री आचार्यले भने,‘अव चीनको सिचुआनबाट गौतमबुद्ध विमानस्थलमा सिधा दैनिक उडानको लागि पनि पहल गरेका छौं ।’

हालसालै भएको चीनको सिचुआन प्रान्तको भ्रमणको क्रममा मुख्यमन्त्री आचार्यले सिधा हवाई उडानको बारेमा प्रस्ताव राखेका थिए । ‘भर्खर म चिन गएर आएँ । चिनको सिचुवानबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दैनिक उडान गराउन पर्छ भनेर मैले कुरा राखेको छु’ उनले भने,‘ त्यहाँको प्रदेश सरकारले हामीले संघीय सरकारसँग कुरा गरेर अगाडि बढाउँछौं भनेर पनि भनेको छ । अन्तर्राष्ट्रिय फोरमहरुमा हामीले यो कुरा गरिरहेका छौं ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउँदै सोही अनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन जोड दिए । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण सरकारले बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपाल चेम्बर लुम्बिनी र टक्सार मिडिया ग्रुप लगायका संघ संस्थाको संयुक्त आयोजनामा भैरहवामा गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयमा छलफल कार्यक्रम राखिएको हो । कार्यक्रममा उद्योगी, व्यवसायीहरुले विमानस्थल चलायमान हुदा बेग्लै आशाको सन्चार भएको र यसलाई कायम राख्दै दिगो बनाउन जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?