ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बुटवल, १३ मंसिर ।
रूपन्देही उद्योग संघले स्थापना दिवस तथा उद्योग दिवसको अवसरमा ३ दिन विविध कार्यक्रम गर्ने भएको छ । वि.सं.२०३५ साल मङ्सिर १५ गते स्थापना भएको उद्योग संघ ४७ वर्षको पुगेको छ । संघले आफ्नो ४७ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी तीन दिन मनाउन लागेको पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको हो । संघका अध्यक्ष दिलिप सापकोटाले स्थापना दिवसमा ३ दिन भिन्दाभिन्दै कार्यक्रम गरिने जानकारी दिए । तीन दिने कार्यक्रम अन्तर्गत १३ गते संघकै सदस्यहरूलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिता बुटवल ७ शिवनगरस्थित न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको कभर्ड हलमा गरिने छ ।

१४ गते बिहान संघको सचिवालयमा रक्तदान र १५ गते बिहान मूल समारोहको आयोजना गरिँदै छ । मूल समारोहमा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका उद्योग यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिएनआईका अध्यक्ष अध्यक्ष राजेश कुमार अग्रवाल लगायतको सहभागिता हुने अध्यक्ष सापकोटाले जानकारी दिए ।

मुल समारोहमा अग्रज उद्यमी तथा विभिन्न क्षेत्रका उत्कृष्ट उद्योगीहरूको सम्मान, नेपाल पत्रकार महासंघ रूपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान, छात्रवृत्ति वितरणका साथै उद्योग डाइरेक्टरी २०८१ विमोचन गरिने छ ।

२०५७ सालमा स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार निरन्तर वितरण गर्न सुरुवात गरेको संघले मंसीर १५ गते ४७ औं स्थापना दिवसको अवसर पारेर ४७,१५५।— राशीको उत्कृष्ट औद्योगिक पत्राकरिता पुरस्कार वितरण गर्न लागेको हो ।
अलग–अलग संयोजनको जिम्मेवारी तोकिएको छ । अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिताका लागि खेल संयोजक बलबहादुर गोदार (बाल्दार), उद्योगी सम्मान तथा पत्रकारिता पुरस्कार छनौट समितिमा निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, रक्तदान कार्यक्रमको संयोजकमा कार्यसमिति सदस्य राजु घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।

संघले काठमाडौं बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । त्यसपछि १५ औं पटक औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको संघका पुर्व अध्यक्ष तेज कुमार पाठकाले पत्रकार सम्मेलनका जानकारी गराएका थिए । उद्योगी बाँचेमा सबै बाँचने भन्दै उनले यसको लागि सबैले सहकारी गर्नुपर्ने बताएका थिए ।
संघले २०६२ सालमा परिकल्पना गरेको मुटु अस्पताल स्थापनाको अभियान स्वरूप बुटवलमा २०७० साल पौष १० गतेदेखि संघको संरक्षकत्वमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल संचालनमा छ । मुटु अस्पताल काठमाडौं बाहिर मुटु रोगको उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
अस्पतालले बुटवल, दाङ, पाल्पा, स्याङ्गजा र कपिलवस्तुमा मृगौलाको डायलासिस सेन्टर स्थापना गरी सेवा विस्तार गरेको छ भने निकट भविष्यमै नवलपरासीमा समेत सेवा सुचारु हुँदैछ । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले उद्योगी व्यवसायीहरूको समस्या समाधानको लागि उनीहरूले गरेका हरेक क्रियाकलपामा पत्रकारहरूले साकारात्मकम भूमिका निर्वाह गरेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?