ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै
उपनिर्वाचन २०८१

यस्तो छ कर्णालीका पालिकाको अवस्था

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

सुर्खेत, १३ मंसिर ।

उपनिर्वाचन नजिकिएसँगै कर्णालीमा स्थानीय तहका उम्मेदवारहरु प्रचारप्रसारको अभियानलाई तिव्रता दिएका छन् । उम्मेदवारहरु निर्वाचनको मत परिणाम आफ्नो पोल्टामा पार्न मतदाताहरु रिझाउनमा व्यस्त छन् । आगामी २०८४ को निर्वाचनलाई पनि यसले प्रभाव पार्ने भएकाले दलहरुले यसलाई आ आफ्नो प्रतिष्ठाका रुपमा हेरेका छन् ।

मंसिर १६ गते कर्णालीका आठ ठाउँमा उपनिर्वाचन हुँदै छ । पालिका अध्यक्ष, उपाध्यक्ष, उपमेयर र पाँच जना वडा अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । यी तीन पालिकामध्ये सर्केगाड र नलगाडमा २०७९ को स्थानीय तह निर्वाचनको मतपरिणाम नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेर आफ्नो पक्षमा पारेका थिए । महाबुमा भने कांग्रेसले एक्लै लडेर जितेको थियो ।

यसरी गठबन्धन गर्दा सर्केगाडमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित भएका थिए । नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । महाबु गाउँपालिकामा भने नेपाली कांग्रेस एक्लै लड्दा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । त्यतिबेला महाबुमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले चुनावी गठबन्धन गरेका थिए । अहिलेको निर्वाचनमा भने तीन वटै पालिकामा दलहरु एक्लाएक्लै लड्दै छन् । विशेषगरी अघिल्ला निर्वाचनमा त्रिपक्षीय भिडन्त हुँदै आएको पालिमामा यस पटक भने पहिलोपटक रास्वपाले पनि उम्मेदवार उठाएको छ । जसको कारण मतपरिणाममा फरक नतिजा आउन सक्ने आंकलन पनि गरिएको छ ।

२०७९ को निर्वाचनमा सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा लडेका माओवादीका चन्द्रसिंह कार्की ३ हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धन थियो । गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका कांग्रेसका ठानबहादुर रोकायाले ३ हजार ५४३ मत ल्याएर निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा माओवादीले जितेको सर्केगाड गाउँपालिकामा यो पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । त्यतिबेला यहाँ कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो । यसपटक रिक्त उपाध्यक्ष पदका लागि कांग्रेसले सविता बुढालाई उम्मेदवार बनाएको छ । एमालेले जाना शाही र माओवादीले देवकी तिमल्सिनालाई उठाएको छ । पहिलोपटक उम्मेदवारी दिएको रास्वपाले बाँचा बुढालाई उम्मेदवार बनाउँदा राप्रपाले संगिता शाहीलाई अघि सारेको छ । नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७९ मा नलगाडमा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका डम्बरबहादुर रावत ५ हजार ५९९ मत ल्याएर निर्वाचित भएका थिए । एमालेबाट उम्मेदवार धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत ल्याएर दोस्रो भएका थिए । उपमेयरमा भने गठबन्धनको एउटा मात्र उम्मेदवारी परेको थियो । कांग्रेसबाट गठबन्धन उम्मेदवार सरिता सिंह ५ हजार ४ सय ६ मत ल्याएर निर्वाचित भइन् । प्रतिद्वन्द्वी एमालेकी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत ल्याएर दोस्रो भएकी थिइन् ।

उपमेयर पदका लागि हुने अहिलेको उपनिर्वाचनमा नलगाडमा ६ वटा दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन्। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेपाल समाजवादीपार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी मैदानमा उत्रिएका हुन् । कांग्रेसबाट ईन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, राप्रपा नेपालबाट सुनिता पुन रावल, माओवादी केन्द्रबाट देवका लामिछाने, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसी र रास्वपाबाट पार्वती पुन उम्मेदवार छन् ।

अघिल्ला निर्वाचनको मत परिणामलाई हेर्ने हो भने महाबु गाउँपालिकामा काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने देखिन्छ । अहिलेको उपनिर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात वटा दल चुनावी मैदानमा छन् । कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाश बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर उम्मेदवार छन् । यस अघिको निर्वाचनमा काँग्रेस एक्लैले अध्यक्ष उपाध्यक्षमा चुनाव जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?